Book Review

पुस्तक समीक्षा: कथाकी पात्र

सोनुले आफ्नो कोठामा रहेको किताबहरूको सेल्फ देखाएकी थिइन् । सुबिन भट्टराईका “मनसुन” बाहेकका सबै किताब माथि नै थिए । “मनसुन” खासै मन परेको थिएन । सुबिन भट्टराईको किताब पढिहाल्न खासै मन थिएन तर पहिलोपल्ट ससुराली गएको, काम पनि केही थिएन । अल्छी लागिरहेको थियो । मोबाइल चलाएर बस्नुभन्दा किताब पढ्नै ठीक लाग्यो । राम्रो नराम्रो […]

घनचक्कर: भुल्भुलैया र भविस्यवाणी

“घनचक्कर” उपन्यास विशाल मिलन केन्द्र, चण्डोलले आयोजना गरेको एउटा प्रतियोगितामा पुरस्कारका रूपमा पाएको थिएँ । पन्ध्र वर्षको उमेर, उपन्यास पढ्ने तीव्र हुटहुटी ! नयाँ किताब समाएपछि बिहानदेखि साँझसम्म नबिसाई पढिसकेको थिएँ । सकिँदासम्म उपन्यासको ‘म’ पात्र सँगसँगै आफू पनि पागल त भइनँ जस्तो लागेको थियो । उपन्यासका राजनीतिक विषय केही बुझे पनि गहिराईमा चाहिँ पुग्न […]

पुस्तक समीक्षा: सेतो गुलाब

परिचय अनिश थापाको “सेतो गुलाब” पढ्न थाल्दा उपन्यास ठूलो अपेक्षा थिएन । “सेतो गुलाब”को धेरथोर चर्चा सुनेरै घरमा किनेर ल्याएको थिएँ । किनेको झन्डै एक वर्षपछि बल्ल पढ्ने मौका मिल्यो । किन एक वर्ष लाग्यो मलाई यो किताब उठाएर पढ्न ? “पाठकले पुस्तक हैन, पुस्तकले पाठक रोज्छ” भनेझैं भएको हो कि ? थाहा छैन । […]

पुस्तक समीक्षा: झोला

‘झोला’ कथासंग्रहमा प्रसिद्ध आख्यानकार कृष्ण धरावासीका बाह्रवटा कथा राखिएका छन् । यीमध्ये केही पछिसम्म सम्झन सकिने खालका छन् । सबै कथाहरूको छोटो चर्चा गर्दछु । पहिलो कथा ‘झोला’ सर्वप्रिय कथा हो । सतीप्रथाको विकराल दृश्य प्रस्तुत भएको यो कथा ‘श्रुति संवेग’मा प्रस्तुत भएको थियो । त्यसपछि नै एउटा अनलाइनमा भेटेको थिएँ अनि बाबाले पढेर सुनाउनुभएको […]

7 Days 7 Books

7 Days 7 Books is a challenge on Facebook that has been running among Nepali book-lovers for a couple of years. The aim was to promote reading culture. This year, it got an extra agenda-“Make books tax free!” The addition of tax on imported books and those printed in India/overseas should have affected the publishers […]

७ दिन ७ पुस्तक

फेसबुकमा केही वर्षदेखि नै ७ दिन ७ पुस्तक च्यालेन्ज देखेकाे थिएँ । नेपाली पुस्तकप्रेमीहरूले पठन संस्कृतिकाे प्राेत्साहनका लागि ७ दिनसम्म ७ वटा पुस्तक कुनै पनि व्याख्या वा समीक्षाविना पाेस्ट गरिरहेका थिए । समीक्षासहितकाे चुनाैति पनि देखेकाे हुँदा केही नलेखी फाेटाे मात्र राख्दा कसैले ‘ढर्रा पारेकाे’ भन्ने हाे कि भन्ने शंका जाग्थ्याे । गुगलबाट खाेजेर किताबकाे […]

रणहार: अन्तिम मल्ल राजाको मनोदशाको कथा

पृथ्वीनारायण शाहलाई कुमरीमाजुले कमलको फूल दिएको इतिहास पहिले पढेको थिएँ । यसमा आउँदा खुशी भएँ । पछि पृथ्वीलाई गोर्खाका राजा भनेर पटकपटक भनिएको छ । मितछोरा भए पनि उनले गरेको छल देखाउन प्रयोग गरिएको सम्बोधन लेखकको चातुर्य हो । युद्धमा हारेपछि रणजीत मल्लको जुन वर्णन छ, त्यसले स्थीतप्रज्ञको आभास दिन्छ ।

पुस्तक समीक्षा : जङ्गबहादुर

साधना मासिक सन् नब्बेको दशकको उत्कृष्ट म्यागजिन थियो । यस मासिकका धेरै अंकहरू बाबाले संग्रह गरेर राख्नु भएको थियो, जसमध्ये धेरैजसो डेरा र घर सर्दा हराए । अब केही मात्रै बाँकी छन् । “जङ्गबहादुर” उपन्यास धारावाहिक रुपमा प्रकाशन हुन्थ्यो । गगनसिंहलाई मार्न फत्तेजंग, अभिमानसिंह राना र जङ्गले लिएको सपथ अनि कोतपर्वको विवरण भएका दुई भिन्न […]

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Powered by WordPress & Theme by Anders Norén