Poetry

वर्षा

वर्षाको कामना र त्यससँग आउने उमङ्ग एवम् बाढीको डर र प्रभाव समेटिएको एउटा कविता

राधाको सम्झनामा

देख्दैमा राधाका दुई नयन बसिगएथ्यो पिरती कोकिल वाणी, मुस्कानको मधुरता मन हर्ने अति । खेल खेलमा मित्रता भएको थियो गहिरो जति टुट्ने हो कि ती प्रिय सखीको साथ लाग्दथ्यो पीर अति ।। अर्कैकी बनेर डोलीमा चढी जब गइन् राधा रानी भन्न नसकी गुम्सिएका भाव सम्झी बढ्यो ग्लानि । कान्हाको मन छ धेरै बलवान् भन्दछ सारा […]

काठमाडौँ

काठमाडौँ शहर, यसका समस्या र बेवास्ताका बारेमा कोरिएको कविता ।

आजकल मैले फेरि सपना देख्न थालेको छु

आफूले जन्माएर आफैँले मारेँ भनेका सपनाहरू चिच्याइरहन्थे, “लाग्यो होला तँलाई हामी मर्यौँ तर हामी त तँ भित्रै छौँ हामी तेरै अंश त हौँ ! जबसम्म तँ जिउँदो छ्स्, हाम्रो अन्त्य हुनेछैन । “तेरो मनले बनाएको पिँजडामा हामी बसेका छौँ तैले वास्तै नगरे पनि झक्झकाएका छौँ भनिरहेका छौँ, ब्युँता फेरि हामीलाई खुसी हुन्छस्, सुखी हुन्छस् । […]

आजकल म सपना देख्दिनँ

आफ्नो नाफा हुन्जेल बोलाउँछन्, उचाल्छन् यो छ, त्यो छ यो गर्छु, त्यो गर्छु यस्तो हुन्छ, उस्तो हुन्छ भन्दै, फकाउँदै, झुक्याउँदै सपना देखाउँछन् । जब सत्यको पर्दा खुल्छ, तब थाहा हुन्छ, यहाँ त सपना देख्नै पाइन्न । यहाँ सपनाको कुनै अर्थ नै छैन जति नै राम्रो भए पनि ! यहाँ सपनालाई रेटेर, अँठ्याएर मार्छन् सपनाकै अभिभावकहरू […]

Red Sun

Sun is red in the sky! Could it be Dawn or Dusk? Could it be a new beginning? Or beginning of an end Of all the red spilled In the forests, streets and homes? Will the blue-bordered red Continue to smile as it does Under the red sun?

मौन धारण

शहीदका नाममा मौन धारण गर्न छातिमा हात राखेर शिर झुकाउँदा सोच्छु– जहाँ क्रान्तिको डरले घरमै बस्नेहरू, व्यक्तिगत इबीमा फस्नेहरू, स्वार्थको राजनीतिमा पस्नेहरू, मरेर जाँदा “शहीद” मानिन्छ, त्यहाँ शहीदको सम्मान कसरी पो हुन्छ ? सोच्छु– क्रान्ति र आन्दोलनका नाममा उदाएका भुइँमान्छेहरू जब सत्तामोहमा परेर, अपराधको बाटो पक्रेर, स्वाभिमानलाई बिर्सेर, क्रान्तिको मर्म लत्याएर, जनलाई घात गरेर देश […]

मान !

 न्याय नपाई कोही रोइरहँदा                न्यायालयको मान रह्यो सायद ! अपराधीहरू खुल्लमखुल्ला हिँडिरहँदा                न्यायालयको मान बढ्यो सायद ! न्यायकै किनबेच चलिरहँदा                न्यायालयको इज्जतले आकाश छोयो सायद ! र त,      न्याय पाउँ भन्नेहरू    […]

राजकुमारीकी र उनकी आमा

सूर्यले बादललाई सिन्दुर लगाएको त्यो साँझ राजकुमारीझैँ सझिएकी  कोमल हातमा गुडिया बोकेकी एउटी सानी नानीका आँखाले  आफ्नी आमासँग  प्रश्नहरू सोध्दै थिए– “आमा घर जाने बेला भएन ? कति खेप बोक्न बाँकी छ ईँटा र बालुवाको भार ? कति समय लाग्ला बनाउन हाम्रो पनि यस्तै ठूलो घर ?”

Global Village

“We’ll create a Global Village,” they said. And they laid The basic foundations To connect people From different Nations. *** The Global Village to people is dear; It’s brought them near And they understand The world better than ever. *** Is the world getting better, though, I wanna know When we are closed In the […]

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered by WordPress & Theme by Anders Norén