नेपालीमा प्रकाशित लेख रचनाहरू

रमितेको आवरण

रमिते : सभ्यताको पहेली बोकेको उपन्यास

नाइटका मुख्य गायक तथा सङ्गीतकार जेसन कुँवरको उपन्यास सार्वजनिक नहुँदै व्यग्र प्रतीक्षामा थिएँ । सार्वजनिक हुँदा आवरणको अघिल्लो भागमा नाम थिएन । छेउमा मात्रै थियो: रमिते – जेसन कुँवर । आवरणले नै खुल्दुली जगाएको थियो । पहिलोचोटि उपन्यास पढेपछि बुझेजस्तो पनि भयो, नबुझेजस्तो पनि । दोस्रोपटकको पठनमा अलि गहिरिएँ । यो समीक्षा यी पठन अनुभवबाट […]
A symbolic image showing influence of NGOs and INGOs in Nepal

नेपाल एनजीओ र आईएनजीओको पकडमा: हामी किन सतर्क हुनुपर्छ

म अझै पनि नेपालमा घटेका भदौ २३ र २४ (सेप्टेम्बर ८ र ९) का घटनाहरूलाई बुझ्ने प्रयास गरिरहेको छु। पहिलो दिनको युवाहरूको विरोध प्रदर्शन नरसंहारमा परिणत भयो र भोलिपल्ट भएको दंगाले मलाई भित्रैसम्म हल्लाएको छ। नयाँ अन्तरिम प्रधानमन्त्रीको नियुक्तिले केही शान्ती ल्यायो, तर मलाई लाग्छ अर्को आँधी अझै आउन बाँकी छ। दंगा समाप्त भएपछिको राजनीति […]
Deep Vein Thrombosis (DVT)

धमनी फुटेर रगत जम्ने अनि खुट्टा सुन्निने समस्याः डीप भेन थ्रोम्बोसिस (DVT)

DVT अर्थात् डीप भेन थ्रोम्बोसिस हाम्रा अनुभवहरू समेटेर लेखिएको लेख । यो लेख चिकित्सा सल्लाह होइन, DVT बारे सामान्य सचेतनाका लागि लेखिएको हो ।

साना पहिला पाइला : छोरीको स्कूलको पहिलो हप्ता

हाम्री छोरी अंशु गत सोमबारदेखि स्कूल जान थालिन् । हामीले किन स्कूल जान चाहन्छौ भनेर सोध्दा, उनी भनिरहन्छिन्, “पढ्न जाने ।” स्कूल त पठाउँला तर खुसी हुन्छिन् कि हुँदैन भन्ने प्रश्न थियो । स्कूलमा रूँदै “आमा चाहियो । घर जाने ।” भन्ने हुन् कि भन्ने डर पनि थियो । यद्यपि, स्कूलमा उनको पहिलो हप्ताले हाम्रो […]
धर्म चाहिन्छ, अन्धविश्वास होइन

धर्म चाहिन्छ, अन्धविश्वास होइन

अस्तित्वको सङ्कट केही समयदेखि गलेको छु । शारीरिक र मानसिक थकान त छ तर त्यति मात्रै हैन,अस्तित्वमै सङ्कट महसुस गरेको छु । यो निद्राले मेटाउने थकान होइन । यो त बोल्न खोज्दा भिडबाट चिच्याउनेहरू, विज्ञानलाई परम्पराभन्दा अलग राख्नेहरू, धर्मको नाममा अन्धविश्वास थोपर्नेहरू अनि विवेकको साटो आज्ञापालन गर्नेहरूको चिच्याहटले लगाउने थकाई हो । केही दिनअघि फेसबुकमा […]
साहित्य सर्जकको साङ्केतिक चित्र A symbolic image of a writer creating literature

सोचबाट साहित्य उमार्ने सर्जकहरूको नाममा

सोचको वीजारोपण चलचित्र “इन्सेप्सन” ‘आइडिया’ अर्थात् सोचको वीजारोपणको कथा हो । यसमा एउटा समूह आफ्नो ‘टार्गेट’को सपनामा गएर उसको दिमागमा कुनै सोच राखिदिन्छन्, जुन ‘भाइरस’ सरी फैलिन्छ । रमाइलो कुरा के भने त्यो मानिसलाई त्यो सोच आफैँ आएजस्तो लाग्छ । ऊ ठान्छ, त्यस्तो सोच ऊ आफूले बाहेक अरूले सोच्न सक्दैन । हाम्रो सोचहरू पनि आफैँ […]
जनसङ्ख्या नीतिले सम्बोधन गर्न खोजेको परिदृश्य

राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ मार्फत नेपालले सम्बोधन गर्न खोजेका विषयहरू

विश्व जनसङ्ख्या दिवस (असार २७) को अवसरमा नेपाल सरकारले नयाँ जनसङ्ख्या नीति सार्वजनिक गर्‍यो। त्यस कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभएको वाक्यांश, “२० वर्षमा विवाह गर, ३० वर्षमा तीन सन्तान जन्माऊ” सामाजिक सञ्जालमा निकै चर्चित भयो। प्रधानमन्त्रीका धेरै भनाइहरूजस्तै यसले पनि मीम र मजाकको रूपमा व्यापक ध्यान पायो। धेरै युवाहरूले सरकारलाई रोजगारीको सट्टा उत्पादनशील जनशक्तिलाई विदेश पठाउने योजनाको […]
नेपालीहरूलाई बोल्न रोक लगाइएको साङ्केतिक चित्र

बोल्न पाइन्छ ?

बोल्नलाई बोल्न त पाइन्छबोल्ने पनि तरिका चाहिन्छ स्वप्न सुमन र अभिज्ञा घिमिरेको गीत सुन्दै फेसबुक स्क्रोल गर्दै थिएँ । समाचार देखियो – रवि लामिछानेलाई समर्थन गर्दै प्रधानमन्त्रीको आलोचना गरेको भन्दै एक महिला पक्राउ । अस्तितिर दिलभूषण पाठकलाई हिल्टन होटलका बारेमा समाचार बनाएपछि पक्राउ गरेको खबर आएको थियो । अलि अघि सिधाकुराले मुद्दा मामिलामा हुने लेनदेनको […]

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Powered by WordPress & Theme by Anders Norén