नेपालीमा प्रकाशित लेख रचनाहरू

स्वतन्त्रता सङ्ग्राम

स्वतन्त्रता सङ्ग्राम

(समर्पण: नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन अर्पण गर्ने सम्पूर्ण योद्धाहरूमा ।) कुनै कोठामा अरूले थुन्दा पीडा हुन्छ । त्योभन्दा ठूलो पीडा हुन्छ आफूलाई आफ्नै शरीरले थुन्दा । अहिले म त्यही अवस्थामा छु । एउटा खुट्टा काटिँदा नै यसको अलिअलि अनुभव भइसकेको थियो । अहिले त पूरै अन्धकार छ । हातगोडा चल्दैनन् । चिच्याउन खोज्छु […]

मलाई नेपालीहरूसँग डर लाग्छ !

साँझको समय । सुन्धाराको काठमाडौं मल अगाडि गाडी कुरिरहेको थिएँ । पन्ध्र मिनेटभन्दा बढी भइसक्यो बाटो हेरेको तर आफ्नो रुटको गाडी आएन । सुन्धाराबाट घर आउने रुटमा ठूला बस र साना माइक्रोबस गरेर पन्ध्र सोह्र गाडी चल्छ्न् तर साँझको समयमा सधैँ कुर्न पर्छ । अरू दिन त गाडी कुर्न झ्याउ लाग्दा खाजा खान/किन्न सङ्कटा, न्युरोड […]

लोक सेवा, भौतिक विज्ञान र व्यर्थका गन्थनहरू

नेपालीमा – २०८१-११-२८ मा गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्रीको अंश जसमा पिण्ड (Mass) को एकाइ (unit) kilogram को १८८९-२०१९ सम्म मानिएको पुरानो परिभाषा । अङ्ग्रेजीमा – Wikipedia मा राखिएको २०१९ देखि औपचारिक रूपमा स्वीकार गरिएको kilogram को नयाँ परिभाषा । मैले दुई वर्षअघि ९ र १० का विद्यार्थीलाई पढाउँदा किताबमा नयाँ परिभाषा थिएन जबकि यो परिभाषा […]

पुस्तक समीक्षा : Cabals and Cartels

नेपालको विकासमा रहेका दुई बाधक — राजनीतिक षड्यन्त्रकारीहरू (cabals) र व्यापारिक मिलेमतो गर्नेहरू (cartels) लाई केन्द्रमा राखी लेखिएको किताब हो Cabals and Cartels. वर्ल्ड बैंकको वरिष्ठ अर्थशास्त्रीका रूपमा काम गरेका राजीव उपाध्यायले लेखेको किताबमा दरबार हत्याकाण्डदेखि संविधान निर्माणपछि भारतले लगाएको नाकाबन्दीसम्मका घटना प्रस्तुत छन् । डोनाल्ड ट्रम्पले USAID लाई निलम्बनमा राखेको घटना, विदेशी ऋण र […]
सावर्णि पुस्तक आवरण

मानव र एआईको सम्बन्ध : “सावर्णि” उपन्यासको सन्दर्भमा

(सुझाव : डा. श्रीधर खनाल रचित सावर्णि उपन्यास पढ्नुभएको छ भने पढ्नुहोला । कहानी खोतलखातल गरिएको छ । उपन्यास पढ्नुभएको छैन तर पनि यो लेख पढ्न चाहनुहुन्छ भने पनि ठीकै छ ।) पृष्ठभूमि पुराणहरू भन्छन्– ब्रह्माको आयु १०० वर्ष हुन्छ । ब्रह्माको ५० वर्षको समयलाई परार्ध भनिन्छ । ब्रह्माको दिन (१२ घण्टा) अर्थात् कल्प मा […]
निर्विकल्प पुस्तक आवरण

पुस्तक समीक्षा: निर्विकल्प

बाहुन परिवारमा जन्मिएर पनि मलाई संस्कृत आउँदैन । शिक्षा प्रणाली नै त्यस्तै थियो र छ । संस्कृत भनेको पुरेत्याइँ गर्नको लागि मात्रै हो र यो मृत हुन लागेको भाषा पढेर केही हुँदैन भन्ने सोच ८-१० वर्षको उमेरमा घुस्यो । वेद, पुराण, रामायण, महाभारत, गीता आदि इत्यादि पढ्न अरू भाषाको सहारा लिनुपर्ने भयो । संस्कृत थोरै […]

रूदाने : “थाहा” अभियान र वर्तमानलाई पाठ

थाहा र रूदानेसँग परिचय सञ्जीव उप्रेतीको “घनचक्कर” उपन्यासको वाचक ठाउँठाउँमा “खोज” र “थाहा” लेखिएको देख्छ । “यो सबैतिर कसले लेखेको होला ?” प्रश्न गर्छ । उत्तर आउँछ, “मकवानपुरतिरका एक शिक्षकले ।” घनचक्करले सङ्केत गरेका शिक्षक रहेछन् थाहा आन्दोलनका प्रणेता रूपचन्द्र बिष्ट । तीन वर्षअघि  तिनकै जीवनमा आधारित “रूदाने” नामको चलचित्रको पोस्टर र टिजर हेरेपछि उनी […]

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – ४)

उत्कृष्ट कथा, २०८० का अतिथि कथाहरू र अन्य केही कुराहरू यस भागमा समेट्ने छु । अतिथि कथाहरू पुस्तकमा भएको क्रमअनुसार नै समीक्षा गर्नेछु । अतिथि कथाहरू पहिलो कथा दकस (भगीरथी श्रेष्ठले) ले यस्ती महिलाको कथा भनेको छ जो वृद्धावस्था उन्मुख छिन् र छोराबुहारीबाट छुट्टिएर उनीहरूकै घरमा तल्लो कोठामा बस्न थालेकी छिन् । उमेर ढल्किँदै गएपछि […]

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – ३)

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? भाग – १ र २ माथि आएका प्रतिक्रियाले निकै हौसला दिए । तेस्रो भागका लागि समय व्यवस्थापन गर्नु चुनौती त थियो तर इच्छा गरे उपाय निस्किनेरहेछ । छिमेकमा ठूलै राजनीतिक परिवर्तन यसबीच पनि भयो । यद्यपि पठन, लेखन, व्यक्तिगत र अफिसियल कामलाई केही व्यवस्थित गर्न सफल भइयो यसपालि […]

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – २)

उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – १) प्रकाशित गरेर फेसबुक ग्रुप बुकाहोलिक्समा सेयर गरेपछि प्रतिक्रियाको ओइरो नै लाग्यो । धेरै जनाको राम्रो प्रतिक्रियाले मन फुरुङ्ग भयो । बाँकी कथाहरूका बारेमा अझै राम्रो प्रतिक्रिया दिने चुनौती पनि थपियो । यद्यपि किताब पढ्न र रिभ्यु लेख्न अलि बढी नै समय लागिरहेको छ […]

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Powered by WordPress & Theme by Anders Norén