नेपालीमा प्रकाशित लेख रचनाहरू

पुस्तक समीक्षा: झोला

‘झोला’ कथासंग्रहमा प्रसिद्ध आख्यानकार कृष्ण धरावासीका बाह्रवटा कथा राखिएका छन् । यीमध्ये केही पछिसम्म सम्झन सकिने खालका छन् । सबै कथाहरूको छोटो चर्चा गर्दछु ।पहिलो कथा ‘झोला’ सर्वप्रिय कथा हो । सतीप्रथाको विकराल दृश्य प्रस्तुत भएको यो कथा ‘श्रुति संवेग’मा प्रस्तुत भएको थियो । त्यसपछि नै एउटा अनलाइनमा भेटेको थिएँ अनि बाबाले पढेर सुनाउनुभएको थियो […]

७ दिन ७ पुस्तक

फेसबुकमा केही वर्षदेखि नै ७ दिन ७ पुस्तक च्यालेन्ज देखेकाे थिएँ । नेपाली पुस्तकप्रेमीहरूले पठन संस्कृतिकाे प्राेत्साहनका लागि ७ दिनसम्म ७ वटा पुस्तक कुनै पनि व्याख्या वा समीक्षाविना पाेस्ट गरिरहेका थिए । समीक्षासहितकाे चुनाैति पनि देखेकाे हुँदा केही नलेखी फाेटाे मात्र राख्दा कसैले ‘ढर्रा पारेकाे’ भन्ने हाे कि भन्ने शंका जाग्थ्याे । गुगलबाट खाेजेर किताबकाे […]

टियू गन्थन

बिहान ६-७ बजेबाट नै टियूतिर हिँड्छु । घरबाट कीर्तिपुर पुग्न दुईवटा गाडी चढ्नुपर्छ । २६ वा २७ नम्बरका गाडी शहीदगेट/सुन्धारा पुग्छ्न् । पुरानो बसपार्क (जुन नयाँ बन्ने तर्खरमा छ र खुलामञ्चमा सरेको छ) बाट कीर्तिपुर जाने २१ नम्बरको गाडी चल्छन् । ती गाडी शहीदगेटमा रोकिन्छन् केहीबेर । अहिले त्यहीँबाट २१ नम्बरे गाडी चढ्छु । पोहोर […]

राधाको सम्झनामा

देख्दैमा राधाका दुई नयन बसिगएथ्यो पिरती कोकिल वाणी, मुस्कानको मधुरता मन हर्ने अति । खेल खेलमा मित्रता भएको थियो गहिरो जति टुट्ने हो कि ती प्रिय सखीको साथ लाग्दथ्यो पीर अति ।। अर्कैकी बनेर डोलीमा चढी जब गइन् राधा रानी भन्न नसकी गुम्सिएका भाव सम्झी बढ्यो ग्लानि । कान्हाको मन छ धेरै बलवान् भन्दछ सारा […]

रातो सूर्य

सूर्य रातो छ नभमा मिर्मिरे हो या सन्ध्या ? नयाँ सुरुवात ? वा अन्त्यको सुरुवात सडक, गल्ली र घरहरूमा बगेको लाल रङ्गको ? नीलो किनाराले घेरेको रातो मुस्कुराइ रहला सूर्यको लाल प्रकाशमा ?

चुप !

थाहा थियो तर चुप थियौँ । बोल्यो कि पोल्यो ! अपशब्दको वर्षा हुन्थ्यो । बोल्न खोज्नेलाई किचकिचे बनाइदिन्थ्यौँ । चुप बस्थ्यौँ । अझै पनि खुलेर बोलेका छैनौँ । सार्वजनिक यातायातमा अनेक सास्ती भोगेर यात्रा गरेका छौँ त्यो पनि प्रायः जसो बढी शुल्कमा । १३ रूपैयाँ लाग्ने ठाउँमा १५ रूपैयाँ तिरेका छौँ । यस्तो होइन भन्यो […]

नारीवाद: एक दृष्टिकोण

रावणले अपहरण गरेकी सीतालाई उनको राजा र प्रजाले अपनाएनन् । जीवनका अन्तिम क्षणसम्म वनवासी भइन् । तिनै सीताका “पति” रामले छलले बालीलाई मारेपछी तारालाई “जो तिम्रो पति थिएन, त्यसका लागि शोक गर्नुपर्दैन” भनिदिए । रावणको ध्यान भङ्ग गर्ने मन्दोदरीलाई नङ्ग्याए, अफसोच गरेनन् । कुमारी आमा कुन्तीले आफ्नै छोरोलाई पराइजस्तो व्यवहार भएको सहनपर्‍यो । एक दिन […]

माइती जान नपाउने चेली

सुविधाले सम्पन्न भएका ठाउँमा चेलीहरू माइती गइरहँदा हुन् । हासो र खुसी नराखी दाउमा आमाबाबालाई खुसी राखिरहँदा हुन् ।। *** चेलीहरू माइतीघर आउलान् भन्ने आशैआशमा बित्छ यो जुनी ! आमाबाबालाई खुसी राख्लान् भन्ने सपनामै अल्झन्छ यो जुनी !! ****** आशैआशमा बित्छ यो जुनी जन्मघरमा फेरि पाइला राखुँला भनी ! सपनामै अल्झन्छ यो जुनी आमाबाबासँग फेरि […]

गोर्खा मनकामना …

“उठ्, हामीसँग मनकामना हिँड् ।” ठुल्ममीको आवाज आयो । “जानू दादा, फुर्सद पनि छ ।” बहिनीले भनी । साउन १० गते मङ्गलबार मेरा कानमा परेका पहिला शब्दहरू यिनै थिए । म भने निद्राबाट राम्रोसँग ब्युँझिएकै थिइन । के भइरहेको छ भनेर बुझ्नै सकिन निकै बेर त । सपना पो हो कि ? एकछिन रनभुल्लमा परेपछि […]

इण्डियन लाहुरे

(समर्पण : गोर्खा रेजिमेन्टमा भर्ति भएर युद्ध लडेका, लडिरहेका र वीरगति पाएका सबै नेपालीप्रति ) अफिस पुगेर गार्डको युनिफर्म भिरें अनि बाहिर गेटमा निस्केर बुढियालाई फोन गरें, “केही खबर आयो ?” “छैन ।” “टिभीमा पनि केही आ’को छैन ?” “छैन । आ’को भए त तपाईंलाई फोन गरिहाल्थें नि ।” हो त उसैले फोन गरिहाल्थी नि […]

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Powered by WordPress & Theme by Anders Norén