उत्कृष्ट कथा, २०८० का कथा मलाई कस्ता लागे ? (भाग – १)
तीन महिनाजति पहिले किनेका किताबमध्ये एउटा थियो "बाह्रखरी उत्कृष्ट कथा २०८०" । २०७५ को पहिलो संस्करण त pdf मा वेबसाइटबाट सिधै डाउनलोड गर्ने मिल्ने गरी राखिदिएको थियो बाह्रखरीले । पछिल्ला संस्करणप्रति खासै आकर्षण थिएन । त्यही पनि किताब पसलमा देखेपछि...
देश सिध्याउने दलालहरुको नाममा !
"एसियाको सबभन्दा गरीब देशको नागरिक भएकोमा बधाई छ !" फेसबुकमा देखियो । केही छिन पछि अर्को पोस्टमा भेटिएको थियो, "International Monetary Fund (IMF) ले सार्वजनिक गरेको प्रतिवेदनले नेपाललाई एसियाकै सबैभन्दा गरीब देश भनेको छ ।" IMF ले २०२३ अक्टोबरको "World...
हिजोआज
हिजोआज केहीले उत्साहित बनाउँदैन । पढाई, काम, "गहन बहस", सामान्य छलफल, सामाजिक सञ्जालमा हुने तर्क बितर्क सबै बेतुकका लाग्छन् । आदर्शका कुरा ढोङ्ग जस्ता लाग्छन् अनि सहयोग र सान्त्वना, फगत स्वार्थ पूरा गर्ने माध्यम ।आजकल बोझ लाग्छ हर कुरा ।...
इन्टु मिन्टु लण्डनमा
लोक सेवाको परीक्षा केन्द्र राखिएको एउटा स्कूल । अलि छिटै पुगेकाले यताउता गरिरहेको थिएँ । आँप(?) को रूखमुनि उभिएर अगाडिको ब्लकतिर हेरिरहेको थिएँ । एउटी सानी (सायद कक्षा एक या दुईमा पढ्ने) केटी झ्यालमा आइन् । उनी सँगै आए तीनचार...
सडकपेटी, बटुवा र व्यापार
यो साता सडकपेटीको व्यापारले समाचारमा ठूलै ठाउँ पायो । ठेलामा मकै बेच्ने एक दम्पतिको ठेला महानगर प्रहरीले लगेको दृश्य कसैले सामाजिक सञ्जालमा हालेपछि तीन धारका प्रतिक्रिया देखापरे । यस लेखमा ती तीन धारका चर्चा गर्दै भविष्यका सम्भावित परिदृश्य प्रस्तुत गर्छु...
के नेपालीको दलीय सोच तोडिएला ?
वैशाख ३० गते स्थानीय तहको निर्वाचन आउन दुई दिन बाँकी थियो । घरमा कसलाई भोट हाल्ने भन्ने विषयमा छलफल हुँदै थियो । "भोट किन हाल्ने ?" मैले सोधेँ । "वडा समितिका अध्यक्ष र सदस्य बन्न कै लागि ठूला (भ्रष्ट) नेताको...
डियर कमरेड
प्रकाश सपुतको गीत र भिडियोले तपाईंको मन पोलेछ । "हामीले त्यसलाई बोल्न सिकायौं अहिले हामी विरुद्ध बोल्ने ?" भन्ने प्रश्न गर्दा तपाईंको स्तर ठ्याक्कै त्यही सत्ताधारीको जस्तो भएको छ, जसको विरोध तपाईंहरू गर्नुहुन्थ्यो । कुनै बेला तपाईंले गाउने गीतहरू, देखाउने...
घनचक्कर: भुल्भुलैया र भविस्यवाणी
"घनचक्कर" उपन्यास विशाल मिलन केन्द्र, चण्डोलले आयोजना गरेको एउटा प्रतियोगितामा पुरस्कारका रूपमा पाएको थिएँ । पन्ध्र वर्षको उमेर, उपन्यास पढ्ने तीव्र हुटहुटी ! नयाँ किताब समाएपछि बिहानदेखि साँझसम्म नबिसाई पढिसकेको थिएँ । सकिँदासम्म उपन्यासको 'म' पात्र सँगसँगै आफू पनि पागल...
सरकार ! नक्सा मात्रै निकालेर पुग्छ ?
कालापानी भू-भाग हाम्रो हो भन्ने कुरा भूगोलको आधारमा त गलत छैन तर त्यहाँ राज्यको अनुभूति खै त ? ज्यान हत्केलामा राखेर छाङरू सम्म पुगेको साझा कथाको रिपोर्टिङको पहिलो भागमा नै त्यहाँ मात्र होइन, विवाद नभएको ठाउँमा पनि राज्यको उपस्थिति शून्य देखिन्छ । पारि भारतमा दुई लेनका सडक छन् , बस्तीहरू मा आधारभूत सुविधा छन् , लगातार सुरक्षा गस्ती छ । बाटो निर्माण चलिरहेकै छ । यता पट्टि नेपालमा डरलाग्दा ठाडा भीर छन् , पहिरो छ । सुरक्षाक र्मीको नाम निशान छैन । ठूला मान्छे आएको बेला मात्रै ड्युटी चल्छ । सीमाना जस्तो संवेदनशील क्षेत्रमा समेत कोही सैनिक प्रहरी र प्रशासन नहुनुले हामीले देशका साँध सीमाको कुनै मतलब छैन भन्ने देखाउँदैन र ?
भगवान् रामको जन्मभूमि नेपालमा नै छ ?
भानुभक्तको जन्मदिन । उनका रामायणका हरफहरू प्रशस्तै देखिरहेको थिएँ । साँझ ट्वीटरमा राम नाम जप्नेहरूको कमी थिएन । त्यसैको निरन्तरता हो कि जस्तो लाग्यो । एकछिन पछि हेर्छु त राम जन्मभूमि अयोध्या भारतमा होइन नेपालको वीरगन्ज नजिकै ठोरीमा पो छ...




