सिंचेर फूलका डाली डाली रमाउँथ्यो माली
कमाई थोरै भएपनि सन्तोकले भर्दथ्यो थाली ।
लोभ लालच थिएन, तर थियो पिर मनमा
यहीँ बसेर मात्रै त हुन्न क्यारे उन्नति जीवनमा ।

बाउबाजेले बिताएथे जिन्दगी खेली त्यही माटो
छोरोले थोरै दुनियाँ देखे पनि लियो उही बाटो ।
देखेर घर छोडी हिँडेका साथीभाइको प्रगति
त्यस्तै बन्ने आशामा बदलियो उसको मति ।
धन कमाई आफ्नो र सन्ततिको भविष्य बदल्न
हिँड्यो छाडेर घरबारी, जुनतारा सरी चम्कन ।

मालीको स्याहार र प्रेम सम्झी फूलबारी रोइरहेछ
हासीखुसी देखिने घर आज एक्लै झोक्राइरहेछ ।
सुँक्सुँकाइ उसकै कहानी भनिरहेछ्न् फूलका डाली
बोलाइरहेछ्न्, “टाढा गएपनि चाँडै फर्की आऊ ए माली !”

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.