

नेपालीमा – २०८१-११-२८ मा गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्रीको अंश जसमा पिण्ड (Mass) को एकाइ (unit) kilogram को १८८९-२०१९ सम्म मानिएको पुरानो परिभाषा ।
अङ्ग्रेजीमा – Wikipedia मा राखिएको २०१९ देखि औपचारिक रूपमा स्वीकार गरिएको kilogram को नयाँ परिभाषा ।
मैले दुई वर्षअघि ९ र १० का विद्यार्थीलाई पढाउँदा किताबमा नयाँ परिभाषा थिएन जबकि यो परिभाषा लागू भएको ६ वर्ष हुन लागिसक्यो । न्युटनको गुरुत्वाकर्षणको सिद्धान्तमा रहेको Universal Gravitation Constant G कसरी नापियो भन्न खोज्दै जाँदा म किलोग्रामको नयाँ परिभाषामा ठोक्किएको थिएँ । पुरानो परिभाषाको तुलनामा नयाँ परिभाषा कठिन छ तर metre र second का परिभाषाले पदार्थको गुण र विशेषता अङ्गीकार गरेजस्तै kilogram को परिभाषाले पनि समेटेको छ ।
सामान्य दिनचर्यामा किलोग्रामको नयाँ परिभाषाले खासै फरक नपर्ला तर भौतिक विज्ञानमा यसको एकदमै ठूलो महत्त्व हुन्छ । यसले measurement error घटाउँछ । साथै, प्लाटिनम-इरिडियमको ढक खिइँदै जाँदा आउने त्रुटीलाई निमिट्यान्न पार्छ ।
लोक सेवाबाट प्रशासन, लेखा वा विज्ञानसँग प्रत्यक्ष असम्बन्धित सेवा समूहमा तयारी गर्नेलाई चैँ यसको खासै अर्थ छैन । Planck’s constant, speed of light, Cesium atom को frequency, यति गहिराईमा किन जाने भन्ने प्रश्न आउनु ठीक हो । यो कोणबाट हेर्दा लोक सेवाको परीक्षा बेतुकको (absurd) लाग्छ । प्रशासन, लेखा लगायतका सेवा समूहमा सम्बन्धित विषयभन्दा बाहिरका प्रश्न किन राख्नुपर्यो ? लोक सेवा आयोगले पाठ्यक्रममा सुधार ल्याउनु पर्यो । विशेषज्ञता/ सेवा/ समूहका आधार लागि समान मैदान तयार गर्नुपर्यो । बीस, पच्चीस हजारमध्येबाट एक प्रतिशतभन्दा कम छनौट हुने प्रतिस्पर्धामा पछि परेकालाई अयोग्य भनेर हतोत्साहित गर्न भएन । युनिभर्सिटी, कर्पोरेट वा अन्य क्षेत्रमा अब्बललाई आकर्षित गर्नुपर्यो नि ।
प्रतिस्पर्धीले पनि बुझेर पढ्नुपर्यो । जबरजस्ती घोकेर याद गरेको भरमा सारा ब्रह्माण्ड मैले थामेको छु जस्तो गर्नु भएन । विनम्रता सिक्नुपर्यो, कविशिरोमणिले भनेझैँ,
“उपकरी गुणी व्यक्ति निहुरिन्छ निरन्तर
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?”
Discover more from Stories of Sandeept
Subscribe to get the latest posts sent to your email.
Leave a Reply