Experiences of a common man!

Tag: Flood

वर्षा

काला बादलका पर्दाले

मनमा उमङ्गको लहर उठ्छ ।

जब नीलो आकाश र रापिलो घाम ढपक्क ढाकिदिन्छन्

रिमझिम झरीले जमिनलाई जसै सुवासित गर्छ

मनले सर्वात्र खुशीको बिज छर्छ ।

हिलो मैलो नभनी

दु:ख गरी दिनरात

सपना बुन्दछ अन्नपातको सुखको ।

काला घना बादलहरू

जब झमझम अविरल बर्सन्छन्

काँप्दछ मन !

खुशीमा ग्रहण लाग्ने पो हो कि ?

भेल बन्छन् कि खेतबारी ?

बाढीले बगाउँछ कि सारा सपनाहरू ?

पहिरो आई खस्छ कि मेरा आशा माथि ?

तुहिने हुन् कि इच्छाहरू ?

हे ईश्वर !

बचाइदेऊ मेरा सपना !

नपार निराश मलाई,

पूरा गरिदेऊ मेरा एक मुठी रहर !

फुर्सद छैन कि ईशलाई ?

मौन बसेको छ !

निद्रामा पो छ कि ?

मेरा प्रार्थना उसका कानमा नपुगे जस्तो छ !

काला घना बादलहरू

भेल बनी आउँछन् !

गड्गडाउँदै पस्छन् घरखेतमा

तुहाइदिन्छन् सपना र रहरहरू !

गर्जंदै खसेर माथिबाट

निमिट्यान्न पार्न खोज्छन् आशा र इच्छाहरू !

सास बाँकी छ

आश बाँकी छ

शोक र भोक छ ।

शक्ति अझै बाँकी छ

पीडाले बलवान बनाइदिएको छ ।

भविष्य निर्माणमा अघि बढ्छु !

वर्षा यामका

काला घना बादलहरू

मेरो जीवनका निर्णायक हुने छैनन्

कुनै ईश्वरको मौनताले

मेरो भाग्य उल्टिनेछैन

मेरो भाग्यको मालिक म आफैँ हुनेछु

मेरो सुकर्मको फल म आफैँले पाएको हुनेछु ।

(२०७७/०३/३०)

The Dark Clouds

All she ever asked for was–

a morsel of good meal

with her family

in a house that

protected them

from the blistering sun,

from the drenching rain and

from the chilling cold.

***

Her wish never came true

but she hoped it would,

until one day–

the dark clouds

washed out her crops,

washed out her hut,

washed out her hopes,

washed out her life.

***

She now wails, but in vain!

For it is not loud enough

to wake the gods up in heaven

above those dark clouds

that brought the rain!

काला बादल

उसले फगत मागेकी थिई

टन्टलापुर घामबाट,

मुसलधारे वर्षाबाट अनि

कठ्याङ्ग्रीदो जाडोबाट

जोगाउने घरमा

मीठो खानाको एक गाँस !

***

उसको सपना पूरा भएको थिएन

तर ऊ पूरा हुने आश गर्थी,

त्यो दिनसम्म जुन दिन

काला बादलले

उसको बाली बगाइदिए,

उसको छाप्रो बगाइदिए,

उसका आशा बगाइदिए,

उसको जिन्दगी बगाइदिए !

***

अहिले ऊ व्यर्थै रुन्छे !

किनकि उसको क्रन्दनले

झरी बनेर बर्सेका

काला बादलमाथि बसेका देउतालाई

उठाउन सक्दैन !

Powered by WordPress & Theme by Anders Norén