बिहान सबेरै उठेर
हतार हतार हिँड्यो केटो
परीक्षा दिन भनी ।
‘ढिलो हुन्छ होला,’ ऊ सोच्छ ।
रिङ्गरोडमा उडेको धुँवा हेर्दै,
बानेश्वर पुग्ने गाडी कुर्दै,
‘कसरी समयमा पुग्ने होला?”
सोच्छ घडी हेर्दै ।
भाग्यले साथ दियो,
एउटा माइक्रो आयो
धुम्बाराहीदेखि बानेश्वर जाने ।
चार मिनेटमा चाबेल पुर्यायो
अनि सुरु भयो जाम
गाडीहरूको अद्भूत जाम !
धुवाँ उडाउँदै उभिएका गाडी
लस्कर लागेर एकअर्कालाई धुँवा दिँदैछन्
चुरोट पिउने साथीहरूले चुरोट बाँडेझैँ ।
‘तिनीहरूको फोक्सो दह्रो हुँदो हो,’ ऊ गम्छ
‘यस्तो धुँवा धुलो खप्न
धुँवा पहिल्यै भरिएको छ !’
कछुवा गतिमा गाडी अघि बढिरहेछ
आफूभित्र धुलो भरिरहेछ !
दम बढ्यो केटोको
झ्याल खोल्ने कि नखोल्ने
अलमलमा पर्छ ।
झ्याल खोले पनि नखोले पनि
धुलोले आखिर फोक्सो भरेकै छ ।
जाम खुल्यो पन्ध्र मिनेटमा !
खुलेकै त होइन
ट्रकले छोड्यो बाटो थोरै ।
गयो माइक्रो अघि
केटोले बाटो देख्यो
बाटो बाँकी थिएन
हिलोमा गाडी गुड्दैथे
अनि देब्रेपट्टी एउटा डोजर
मेलम्चीको पानी आउने पाइप
बिछ्याएपछि
बाटो पुर्दैथ्यो ।
साढे छ बजे पुग्यो बानेश्वर
पुग्न अझै थियो शंखमुल
हिँड्दा हिँड्दै देख्यो एउटा पुल
आकाशे पुल
नभए पनि हुने ठाउँमा
बानेश्वर चोकमा पुल बनेन
तर थापागाउँ जाने बाटोमा बनेछ !
आवश्यक भएको ठाउँमा
जेब्रा क्रस पनि राम्रो रहेनछ !
फोटो खिच्न हुन्थ्यो
मोबाइल रहेनछ !
सेन्टर नै अजिब
ब्याग बिल्डिङ बाहिर राख्नुपर्ने
मोबाइल पनि त्यैँ
घरै राख्नु बेस भनेर छोडेको घरमै !
लमकलमक हिँड्दै
पुग्नै लाग्दा शंखमुल पुल
बोलायो कसैले !
रहेछ एन ओल्ड फ्रेन्ड फ्रम लिभरपुल
“ओहो अबिन !” भन्दै
लामो कुरा गर्न नपाउँदै
एक्जाममा पुग्न ढिलो हुन्छ भन्दै
स्यँस्याँफ्याँफ्याँ गर्दै पुग्यो
एक्जाम हलमा !
मिति लेख्दा कपीमा
बाह्र-सत्ताइस पो रैछ
बेमतलब, बेकार
जाममा फसेर,
बीस मिनेट लम्केर
प्रश्न सजिलै परे
त्यसै दु:ख पाको हरे !
Discover more from Stories of Sandeept
Subscribe to get the latest posts sent to your email.
anishkhanal
Hahahaha…sahi ho bhai…
sandeept252
aba part 2 lekhnu parla jasto cha