Experiences of a common man!

Category: Poetry

पाल्पा-२

​ यसअघि “पाल्पा” शिर्षकमा तीन कविता पाल्पाबाट पोस्ट गरेको थिएँँ । काठमाडौंं फर्किएपछि लेखेका तीन कविता यहाँ प्रस्तुत गर्दछु ।

 १.

लेक र बेँसी, गोरेटा-बाटाहरूमा

जिन्दगीका हरेक पाटाहरूमा

जीजीबीसा राख्दछन् नरनारी

मुहारमा हरपल गुलाबी रङ्ग छरी 

मस्याम, टारीडाँडाबाट पूर्वतिर हेर्दा

 २. (हाइकु)

मस्याम, डुम्रे घर

        महिना दिनलाई

                   यादका अत्तर
 ३. (मित्रताका ती पल)

राईझुमाको लय, रोदीघरका गीत

मित्रताको स्वर हासोको सङ्गीत

कम्मर मर्काई, ताली पड्काई

साथ पाई मित्रजनको, साह्रै रमाई

बित्यो समय कति छिटो पीर सबै भुलाई

पाल्पा 

१.

प्रकृतिको पाएर शृङ्गार नन्दन वाग झैं

आह्लाद मधुर सुन्दर राग झैं

स्मृतिको कन्दरामा बस्यो पाल्पा

मस्तिष्कमा लेखियो नमेटिने याद भै
२.

दक्षिणमा चुरे, महाभारत उत्तर

हवामा छ उडेको गुलाबी अत्तर

मन हर्ने चन्चलता खोलाहरूमा

सिन्दुरे लाली हर प्रहर

३.

तानसेन हाम्रो अहा ! राम्रो दख्खिन मुखमा

घामले सधैं उज्यालो पारी बसेको सुखमा

पहाडी रानी झलल्ल बनी बिहान साँझमा

बसेका छन् अमिट छाप मुटुकाे माझमा

Speechless

[A poem I started out of a random thought some months ago. I hadn’t completed it then. When I saw it today, I completed it. The last part differs from what I had planned the day I created it.]

ME:

Saw her again, passing by the street;

Had opportunity to meet

Graceful she; radiance on her face

All of a sudden, fear made me retreat.

If you had helped me a little more,

O God!

I would have felt blessed!

But you helped me less;

If not, I would not have been speechless!

GOD:

Don’t blame me, kid

For the mistake you did.

The rain had passed, the sun was bright

I did everything to help you with my might.

ME:

If you had helped me no less

Tell me, my Lord! Why was I speechless?

GOD:

I can’t answer that

When in doubt,

Ask your heart.

ME:

Tell me, O Heart!

Why do I crave

To be with her

But fear

Whenever she is near?

HEART:

Lub-dub-lub-dub-lub-lub-dub-dub-lub-dub

ME:

And the heart goes on

Beating.

I can’t understand

What it’s saying!

O God! Teach me

The language of the heart.

Where are you, O God?

Where have you gone

Leaving your child alone?

I know you left.

I know I should do it myself.

I’ve the problem;

I’ve the solution.

However, I’m distressed,

Stressed

But well dressed!

So that I can hide

My inabilities

And my problems

That are not getting less.

I stare at a wall alone

And speechless!

Hold My Hand

Boy:

An enormous mountain stands before my eyes

But it can not hold me back

Neither can I be bound by the ties

My life has made to yours.

I’ve crossed thousands of rivers;

I’ve passed through mountains;

I’ve climbed over them

To behold the beauty on the other side.

I’ve done them all alone.

Always, I’ve been on myself.

Don’t you be sad

That you have to stay back;

I’ll return

Before fate turns bad.

Girl:

I can’t let you go alone!

Your steps have been hindered

By this mountain once.

A lone traveller you were then;

You lost your bearings,

And when you finally came

To a clearing,

You were half-alive.

My father and I brought you here

And you got back half your life.

Through ceremonious ties, 

We’ve been bound.

Don’t say you want to leave me alone;

Don’t climb that mountain without me;

Don’t cross rivers on yourself.

For we’ve sworn:

“Through all places and times

We shall never be apart.”

Boy:

You’re true, dear.

And you’ve made it clear

That I can’t forever travel alone.

I need a partner

With whom I can climb the mountains;

With whom I can cross the streams;

With whom I can share my pains,

Dreams.

Hold my hand,

Come with me.

I can confidently face anything

When you’re beside me.

(P.S.: The concept for this poem came through a dream and my upcoming novel “Quest”.)

अनिशको ज्याकेट

दूध-जेरी खान जाने आशमा
स्लीपिंग ब्यागबाट निस्केर एकै सासमा
आँखा मिच्दै यताउता हेर्छ अनिश
जुरुक्क उठेर कपडा फेर्छ अनिश

लुगा लगाइसकी यताउता फेरि हेर्छ
नजरले सबलाई केर्छ
एकछिन पछि मुख फोरेर भन्छ,
“कहाँ छ मेरो ज्याकेट?”

“त्यो मेरो सुन्तले रंगको ज्याकेट
मलाई नभई नहुने ज्याकेट;
मेरो नाम लेखिएको त्यो ज्याकेट!
केटा हो ! देख्यौ कि कतै त्यो ज्याकेट ?”

अलमल्ल पर्दै, टाउको कन्याउँदै
सुतिरहेको छिमेकीलाई उठाउँदै
कराउँछ, “अरे ओ बसन्ती, तिम्रो सिरानीमा छ कि मेरो ज्याकेट कतै;
झट्टै उठ त ओ बसन्ती !”

बसन्ती, उर्फ बसन्त भर्खर उठेको;
प्याकेट, ज्याकेट केही थाहा छैन पाएको
अनिशलाई हेर्छ, छक्क मान्छ;
“यतै होला, नत्र त्यत्रो ज्याकेट भन त कता जान्छ ?”

जुरुक्क उठेर ऊ पनि
भेट्याएरै छाड्छु ज्याकेट भनी
सिरानी हटाउँछ, स्लीपिंग ब्याग टक्टक्याउँछ
अनिशतिर हेरी चकित मुद्रामा ऊ भन्छ,
“हैन तिम्रो सामान कता चैँ जान्छ ?”

तनाव भइसक्यो अनिशलाई
टाउको कन्याउँदै, कराउँदै उठायो कोठाका सबै मानिसलाई
छिमेकीलाई उठाएर वल्लो गाउँमा आइ
भन्छ, “ज्याकेट खोजिदिनु पर्यो, ए पवन दाइ |”

म पनि आफ्नो ‘ओछ्यान’ हेर्छु
शुन्य हात लाएर पवन दाइलाई हेर्छु
पवन दाइ चाहिँ उठेर हेर्दै रमिता
भन्दै छन् यस्तै (यो कविता जस्तै) भाकामा एउटा कविता |

आधा घन्टा भइसक्यो
दूध-जेरी खान पाइने टाइम गइसक्यो
तर ज्याकेट हात परेन
त्यो सुन्तले रंगको ज्याकेट नभई
अनिशको पाइला बाहिर सरेन |

रन्थनिँदै, आँखा मिच्दै, कपाल कन्याउँदै
“खोजाओ न हो मेरो ज्याकेट,” भन्दै
पुर्पुरोमा हात लाउँछ अनिश
फिल्ड जानै नपाइने भो भन्ठान्छ अनिश !

“भुल्नेको नि हद हुन्छ,” म भन्दै छु
पहिले उसले हराएका सामानका बारेमा सम्झँदै छु
‘भुलक्कड’को उपमा दिइसके पवन दाइले !
भन्दै छन्, “कस्तो याद नगरेको हो अनिश भाइले ?”

‘यहीँ त राखेको थेँ,’ सोच्दै अझै वरिपरि हेर्छ;
ब्यागको पहाड मजैसँग फोर्छ !
त्यै पनि कतै छैन ज्याकेट |
अनिशको नाम भएको, त्यो पातलो, अतुल्य ज्याकेट !

थचक्क बसेर कपाल समाउँदै
महामू्र्ख नै बनाउँछन् कि भन्ठान्दै
हेर्दै गर्दा बाहिरबाट आइपुगे रवि दाइ
मुहारमा मधुर मुस्कान ल्याइ !

सोध्छन् पवन दाइ, “ए रवि, अनिशको ज्याकेट देख्यौ ?”
अनिशले हेर्यो रवि दाइलाई अनि भन्यो,
“पापी दाइ, मेरो ज्याकेट लायौ ? कताबाट आयौ ?”

अक्क न बक्क परेर, पकेटमा लेखेको नाम पढेर,
भने रवि दाइले, “ओहो अनिश, मैले लाएछु तिम्रो ज्याकेट झुक्के’र !”

हासो छर्दै भन्दै छन् पवन दाइ,
“डिपी सरको चप्पल*, अनिश भाइको ज्याकेट
कालिदास हुन्थ्यो अनिश
रवि नआ’को भए लाएर त्यो ज्याकेट !”

(माघ २, २०७२ बिहान ७ बजे श्री वागेश्वरी उ. मा. वि, रिचोकटार, मलेखुको रुम नं. ३ मा भएको घटनामा आधारित |)
*२०७२ पौष ३० मा रोशनराज भट्टराई सरले सुनाउनु भएको कविता | यो कविता त्यही रचनाबाट प्रेरित छ |

कहाँ छ मेरो बाल अधिकार ? (Where is my Child Right?)

This is a poem in Nepali entitled “Where is my Child Right?” For English interpretation of the poem, scroll down to the bottom of the poem.

नाम उसको राम, बस्छ शहरको ठूलो घरमा,

तर यो घर उसको होइन !

उसका बाबुआमा गरिब नभएका भए

मालिकको घरमा नोकर भएर बस्नु पर्ने थिएन |

उसका मालिक साधारण मान्छे होइनन्

उनी त हुन् यस शहरका नामी समाजसेवी |

अरूको पीडा देख्न नसक्ने उनी

रामको परिवारका लागि “धर्मात्मा” बनेका रे

रामलाई आमाबाबुको काखबाट खोसेर शहर ल्याएका रे !

मालिकको घरमा आएपछि गरिब राम “रामे” भयो,

आमाबाबुको मायाबाट टाढिएर नोकर भयो |

कहिले मालिकको काम बिग्रिंदा बेकामे भयो,

कहिले मालिक्नीको भरिया, धोबी;

त कहिले मालिकको छोराको खेलौना भयो |

गरिब त छदै थियो; बिचरो, अपहेलित र दुखी भयो |

पढ्ने रहर लाग्छ उसलाई मालिकको छोरालाई देख्दा;

स्कूलको गेट सधैँ देख्छ ऊ सानो मालिकलाई पुर्याउन जाँदा |

तर भित्र हुन्छ के ? केहि थाहा छैन !

फर्की आउँछ ऊ मालिकको घर, माझ्नलाई वर्तन;

सोच्छ आँसु झार्दै, दुखी हुँदो रै’छ गरिबको जीवन !

एक दिन मालिकको छोरो खुब रमाउँदै आए

आफ्नो ब्याग ‘रामे’ लाई थमाए अनि हाँसे |

‘रामे’ ले भन्यो, “सानु मालिक आज साह्रै खुशी हुनुहुन्छ, किन होला?

उनले भने, “राखेर आइज झोला अनि भनौंला |”

सानो मालिकको छुट्टै शान थियो,

जहाँ गए पनि उनका पितालाई जत्तिकै मान थियो |

आज के कारणले खुशी भएका हुन् ? राम जान्न उत्सुक हुँदै थियो |

फर्केर आएपछि ‘रामे’, भने सानो मालिकले:

“मलाई सजाय दिन खोज्ने ? देख्यो आज त्यसले |”

“को सानो मालिक?” सोध्यो डराउँदै रामले |

उनले भने, “त्यै क्या पढाउन नजान्ने मास्टरले,

मेरो गल्ति नभए’नि क्लासमा उठा’को थियो,

गल्ति नसुधारे पिट्ने धम्की दिएको थियो |”

“अनि?” रामले फेरी सोध्यो |

“त्यसले बाल अधिकार हनन गर्दा सबैको सामु मेरो ड़ाइलग खायो |”

“के हो सानो मालिक बाल अधिकार ?”

“कति कचकच गर्छ, जा आफ्नो काम गर् |”

सानो मालिकले झर्कदै जवाफ दिन गरे इन्कार |

रामले गर्न थाल्यो विचार,

आखिर के रै’छ त बाल अधिकार ?

रामलाई आफू बालक हुँ भन्ने बाहेक केही थाहा थिएन

सानै देखि गरिबी बाहेक केही देखेन |

जति सोच्दा पनि थाहा पाएन के रहेछ बाल अधिकार

साँझ ‘समाजसेवी’ मालिकलाई सोध्ने गर्यो विचार |

रामले आफ्नो इतिहासको पाना पल्टायो,

अहिले सम्म जीवनमा हण्डर मात्र खायो |

सानो मालिक र उसमा के फरक थियो र?

अझ अशिष्ट भएर माग्थे सानो मालिक बाल अधिकार

शिष्ट भएर ‘रामे’ले सहनु पर्थ्यो अन्याय, अत्याचार |

मालिकलाई खान टक्र्याउँदै सोध्यो रामले-

“के हो मालिक बाल अधिकार ?”

भने मालिकले, “पढ्न, खेल्न पाउनु नै त हो बाल अधिकार !”

रामले सोध्यो, “के मैले पढ्न, खेल्न पाएको छु र?”

अनि दृढ आवाजका साथ् भन्यो- “मालिक, एकछिन गरेर विचार

भन्नुहोस् कहाँ छ मेरो बाल अधिकार ?”

©२०६९ साल भाद्र २९, बाल दिवस (September 14, 2012, Children’s Day)

Ram is a boy from a poor family living as a domestic worker in the city. His master is a rich man and has a big name in the society as a ‘social worker’. One day, when he happened to see Ram during one of his ‘social work’ trips, he talks to his poor parents. He takes Ram away from them with a promise that the little boy would be provided with education. But that does not happen. Ram thinks he was snatched away from his parents.

The master, his wife and his son make him do several chores in the house. They scold him if he makes mistakes. His name now becomes “Rame”, a derogatory form. He is sad because he has to hear these things just because he is a servant in their home.

The master’s son goes to a school nearby his home. Ram carries his bags and leaves him to the school, but he has not seen anything that happens in the school because of its high walls. Sending the ‘little master’ off, he returns back to wash utensils. He wants to go to the school but can not say that to anyone.

One day, after school, his ‘little master’ comes home laughing heartily. Ram asks why he is so happy. In reply, the master’s son says that he showed his powers to someone. Now he would never be bothered anyone in the school. Curious Ram asks for details and the boy says, “That teacher, who does not know how to teach scolded me in the class and threatened to punish me if I did not show him homework. I shouted to him that punishing children is violation of their rights. He could not say a thing after that.”

Ram asks what children’s rights are, but his ‘little master’, absorbed in his own thoughts, sends him off. Ram decides that he would ask about it to his master. In the meanwhile he thinks about his life. He finds out that he had been gentle to the masters and yet been scolded everyday, whereas the ‘little master’ talked rudely of child rights. He feels like crying.

That evening, he asks his master what child rights are. The master replies, “To get to study and to get to play are child rights.” Ram asks, “Master, do I get to play and  to study?” Then with a determined voice he says, “Master, do think for a while and say- where is my child right?”

Available in Poetry

मौसम (Weather)

This is a poem in Nepali. For the English interpretation, please go below the poem.

ऋतुसँगै बदलिने मौसम यो
मौकासँगै फेरिने यस्को बानी हो

वसन्तको हर्षसँग रम्छ जहाँ
रङ्गीविरङ्गी फूल फुल्छन् त्यहाँ

ग्रीष्मको रिस पनि सहिदिन्छ यो
सुकेको खोलासँग बगिदिन्छ यो

वर्षाको पीडा बादल बनी लिन्छ
पीडा धेरै भए आँसु बगिदिन्छ

शरदको सान्त्वनाले दुःख भुल्छ
यसको शितलतामा शित बन्छ

हेमन्तको चिसो मुटु कमाउँछ
त्यो त्यस्तै हो भनी चित्त बुझाउँछ

शिशिरको स्वार्थले पिरोलिन्छ यो
पतझर सरि उजाड बन्छ यो

विचारझैँ हरपल बदलिन्छ
मनका सारा भावना समेट्छ यो

समयसँग सधैँ अघि बढ्दछ
वसन्त आउने आशामा बाँच्छ यो

©Originally written on 21st Bhadra, 2069.

This is a poem on weather, how it changes according to the seasons and time. When it is spring, the weather seems the happiest of all. Beauty of the world is enhanced. In summer,the heat is excess. It even kills the flowers that had bloomed in the spring. And yet, the weather continues continues hoping that they will bloom again. When the rain comes down, the weather seems in despair. The rain water becomes its tears. At the end of rainy season, flowers bloom again, but it does not last longer. After that, there is a long period of winter in which much of the greenery is lost. The weather is chilly and unkind, and yet it longs for spring to arrive.

Weather can be compared to our emotions and thoughts. We are the happiest in our childhood and our emotions change with time and season. We long for spring- pleasure, and have to go through several other emotions in achieving it. No matter what happens, we evolve and in the process, we achieve happiness again.

Available in Poetry

Page 3 of 3

Powered by WordPress & Theme by Anders Norén