Experiences of a common man!

Tag: Gods

श्रापित देउता

उहिले यस भूमिमा
देउताले मानवलाई चार वर्णमा बाँडेर
गरि खाओ भनेथे रे
विद्यामा दक्खल राख्ने ब्राह्मण भए रे
युद्धमा अब्बल क्षत्रिय;
पशुपाल र व्यापारी वैश्य
अनि सबै वर्णका सहयोगी
शुद्र थिए रे
कर्म अनुसार वर्ण हुने
व्यवस्था गरेका थिए रे

ज्ञानलाई स्वार्थको भुमरीले छेक्यो
वीरले जित्दै गए,
महत्वाकांक्षाले छोप्दै आयो
व्यापार बढिरह्यो,
लोभ झन्झन् चढिरह्यो
सेवकले आफ्नो काम
चुपचाप,
हेपिएर,
पेलिएर गरिरह्यो

ब्राह्मणले आफ्ना असक्षम सन्तान
राजाले आफ्ना हीन उत्तराधिकारी
व्यापारीले आफ्ना दुर्गुणी छोराछोरी
शुद्र बनेको देख्न सकेनन्
देउताको डर हट्दै जाँदा
ब्राह्मणका सन्तान रहे ब्राह्मण
राजाका उत्तराधिकारी भए राजा
व्यापारीका छोराछोरी व्यापारी
शुद्रका सन्तति शुद्र नै रहे
बुद्धि भए पनि ती ब्राह्मण हुन सकेनन्
योद्धा भए पनि ती क्षत्रीय बन्न पाएनन्
व्यापार मात्र पनि गर्न पाएनन्
देउता पुराणका पानामा सीमित
त्यो युगमा
वर्ण व्यवस्थाको आफ्नै व्याख्या गरेर
माथिल्लो वर्णले शोषण गरिरहे

देउता टुलुटुलु हेरिरहे
धर्म हारिरह्यो
अन्याय बढिरह्यो
कर्म मरिरह्यो
पुराणका देउतालाई कसले मान्ने ?
भए सबै आफैँ नै जान्ने !
ब्राह्मणले बाँढ्न छाडे असल ज्ञान
राजाले शासन,
व्यापारीले लुट मच्चाइरहे
रोइरहे पीडितका मन

मिथक बनेका देउता
आकाशमा बसेर
धर्तीमा भएको अन्याय हेर्छन्
उनीहरू हेर्न मात्रै सक्छन्
किनकी
उनीहरू श्रापित छन् !
वृन्दाहरूका पतिव्रता आँसु बहँदा
ती टुलुटुलु हेर्थे !
ताराहरूका छलिएका मनहरू रुँदा
ती बेवास्ता गर्थे !
एकलव्यहरू माथि अन्याय भइरहँदा
ती आँखा चिम्लन्थे !
त्यसैले आज ती मिथक बन्दा पनि
टुलुटुलु हेर्न मात्र सक्छन् !
वेदना स्वर हरपल सुनेर पनि
बेवास्ता गर्न मात्र सक्छन् !
सामाजिक अव्यवस्था देखेर पनि
आँखा चिम्लन मात्र सक्छन् !
किनकी ती श्रापित छन् !

तर
दुखेका मनहरू एकदिन जाग्नेछन्
अन्याय गर्नेहरू भाग्नेछन्
न्याय र ज्ञानको उज्यालोमा
मानिसहरू ती जागेका मनहरू हेर्नेछन्
उनीहरूले त्यस दिन देउता देख्नेछन्
बुझ्नेछन्
देउता आकाशमा होइन
धर्तीमा बाँच्दछन् !
आकाशका देउता भने
धर्तीमा टुलुटुलु हेर्नेछन्
किनकी
ती सदाका लागि श्रापित छन् !

The Faults in our God

It is said sinful to put a debate on God. May I be punished for the sins I will be doing here!

0ad41c593a4dbf0a4be0149e9dbbac5f

The question I think of often, “Did God create us or did We create gods?” There are ample evidences for the latter while there is a huge amount of speculation for the former. Yet people seem to believe in some supreme force that governs them. There are also people who dare to challenge the Divine Authority. I find myself in the middle.

How can someone be in the middle of believing and not believing God? You might be thinking. Well, that’s where I am. Sometimes I believe in God so much that every inexplicable/unexplained thing becomes Divinity. Take the origin of life (not evolution), for example. Sometimes I doubt God so much that every progress in human-induced. For example, the technological progress is the best thing humans (especially the Western World) have done. I am really confused about the existence of God.

But in the Geeta, God is said to “exist and not exist” at the same time, that God is “as small as microbes and as huge as universe”, that God is both “the creator and the destroyer Himself”. If God preaches duality, maybe I am following his path of duality at the moment. Maybe it is that fault I am unwilling to accept.

God is said to balance both Good and Evil within Himself. He is said to possess both physicality as well as spirituality and he is said to create everything visible and invisible (let’s not get into destruction right now). So, we should possess both the Good and Evil within us. We should have similar physicality and spirituality as that of God; that we should be able to tell right from wrong. And we should be able to tell differences between God and god.

You might have recognized that I have been writing “God” and “god” in different senses. If not; by God, I am talking about the Omnipresent, the Omnipotent and the Omniscient Being: the “Creator”. By gods, I mean the ones created by Humans. To God, death is “soul changing its body” like we change our clothes. (Hence, no emotions!) To a god, death is emotional. Shiva mourning for Sati is an example. A god is driven by passion, like Indra seducing Ahilya. And God is not jealous as Indra envies kings.

But I am confused again. If God created us and if We have created gods; and if we have all qualities of God and god have all our features, aren’t gods the same as God? Shouldn’t God be as emotional, as passionate and as jealous (if not more) as us and our gods? Are the faults in me (or those in God) confusing me?

अलिकति गुनासो संस्कार माथि

एउटा घटना

समय : साउन ६ गते करिब डेढ बजे (दिउँसो)

स्थान : जामे मस्जिद अगाडिको गेट

सिमसिम पानी परिरहेको छ। तीनधारा ओर्लिएर त्रिचन्द्रतिर जाँदै छु । जामे मस्जिद अगाडि पानी जमेको छ तर ध्यान दिएको छैन । अचानक विना कुनै कारण पछाडि हेर्छु । एउटा माइक्रो हर्न बजाउँदै बत्तिँदै छ । मस्जिद अगाडिको “पोखरी”देख्छु । फुटपाथ मुन्तिरको त्यो पानी माथि माइक्रो दौडिन्छ कि भन्ठान्छु । हेर्दाहेर्दै त्यो गाडि पानी माथि कुद्छ । छप्ल्याङ् ! दाहिने पाटो पुरै भिज्छ । हर्न बजेकै छ, माइक्रो दक्षिण हुइँकिदै छ । खलासी आफ्नो माझी औँला झ्याल बाहिर तेर्स्याउँदै छ । रिस झन् बढ्छ । नम्बर टिप्न खोज्छु; चस्मा पछाडिको आँखाले भ्याउँदैन । मसँगै पाँच-छ जना भिजेका छन् । मस्जिदको गेटमा एकछिन अडिन्छन् । छेउमा छन् एक पुलिस, हासिरहेका । पारो झन् चढ्छ । रिसले मुर्मुरिँदै कलेज पुग्छु । धन्न मस्जिद अगाडिको “पोखरी” बाट बालुवा मात्र उछिट्टिएछ । नत्र हुँदैनथ्यो बिजोग ? अहिले पनि सम्झिँदा आगो बल्छ मनमा ।

अर्को एउटा घटना 

समय : साउन ५ गते दिउँसो सवा तीन बजे 

स्थान : त्रिचन्द्र कलेज स्पोर्टस् हल

मेरा दुई साथी टिटी खेल्दै छन् । टिटी अर्थात् टेबलटेनिस । दुई जना अपरिचित पनि छन्। अर्को बोर्डबाट तेस्रो अपरिचित आउँछ। मेरो साथीसँग ब्याट माग्छ । एक दुई “मिस” खेल्छु भन्छ । तर पारा हेर्दा पूरा गेम खेल्ला जस्तो लाग्छ । मेरो साथीले “पूरा गेम त खेल्न पाइन्न है” भन्छ । अपरिचितले दादागिरी देखाउँछ । गाली गर्दै ब्याट फालेर अर्कोतिर जान्छ । पल्ला छेउको अपरिचित पनि त्यही ड्याङको मुला रै’छ । खेल्नै दिन्न भनेर बल लिँदै हिड्छ । झगडा गरेर जित्नु केही छैन । हामी लुत्रुक्क परेर फर्किन्छौँ ।

यी दुई प्रतिनिधि घटना देखाएर भन्न खोजेको कुराचाहिँ यत्ति हो- दादागिरी र हेपाहा पारा हाम्रो उच्च संस्कार हो । घरमा, सडकमा, स्कूलमा, कलेजमा, “स्वतन्त्र” विद्यार्थी यूनियनमा, यूनिभर्सिटीको उच्च तहदेखि क्याम्पस प्रशासनसम्म, संसदमा, सरकारमा, अदालतमा, संवैधानिक आयोगमा अनि अरू थुप्रै ठाउँमा जसले बल (वा बलको फुस्रो तुजुक मात्र पनि) देखाउन सक्छ, उसैले जित्छ । हामीजस्ता निर्बल हार्छौँ । गुनासो पोख्दै बस्छौँ ।

संस्कार परिवार र समाजबाट आउँछ रे । जुन परिवार र समाजले आफ्ना सदस्यलाई दादागिरी गर्न सिकाए, म तिनलाई सलाम गर्दछु । आफ्नै बाआमालाई सोध्छु- किन अरूलाई हेप्न, होच्याउन अनि अर्काको मर्कामा हास्न सिकाउनु भएन ? किन त्यस्ता महान् संस्कारका धुरन्धरसित दोस्ती गर्न सिकाउनु भएन ? आज यस्तो निरीह त हुनु पर्ने थिएन न त गुनासो पोख्नु पर्थ्यो ।

एउटा गुनासो त भगवानसँग परिचित गराउने सँग पनि छ, पोखिहाल्छु । उनीहरू भन्छन्  श्रीकृष्णले अर्जुनलाई भन्नुभयो, “जबजब पाप बढ्छ, म धर्म स्थापना गर्न अवतरित हुन्छु ।” मैले त्यसै होला भन्ठानेँ । अवतार पर्खेर बसेँ । आज म ठान्छु, श्रीकृष्णले त यसो भन्नु भएको थियो, “हरेक युगमा अधर्म हुन्छ । अनि हरेक युगमा धर्म स्थापना गर्ने नायक हुन्छन् । यस युगका नायक तिमी हौ, भारत*!” म यी कारणले आफ्नो मान्यतामा अडिग छु: 

समय घर्किँदै छ, युग पनि । म युगनायक कुर्दै छु । म आफैँ युगनायक बन्न डराउँछु ।

  • युद्ध छोड्न लागेका अर्जुनलाई मोटिभेट गर्दै हुनुहुन्थ्यो श्रीकृष्ण । त्यस्तोमा अर्जुनलाई तिमी नै नायक हौ भन्दा हुने असर श्रीकृष्ण बुझ्नु हुन्थ्यो ।
  • कुरूक्षेत्रको युद्ध भएको धेरै लामो समयपछि महाभारत लेखिएको हो । श्रुति र स्मृतिबाट नै यो धेरै फैलिएको थियो, लिखितरूपमा आउँदासम्म ।
  • एउटा खेल खेल्नु भएको होला, लहरै बसेर । सुरूको एउटाले कानेखुसी गर्छ दोस्रोलाई । अनि तुरुन्तै तेस्रोलाई दोस्रोले पहिलोले भनेको कुरा भन्छ । क्रम चल्दै जान्छ । अन्तिमकोले सबैले सुन्ने गरी यसो सुनेँ भन्छ । तर पहिलोले त्यसो भनेको हुँदैन । बीचमा कसैले अर्कै कुरा गरिसकेको हुन्छ । हामीले सुने-जानेको महाभारत पनि त्यो खेल जस्तै हो ।
  • हामीले सुन्दासम्म महाभारत इतिहाश होइन, मिथक भइ सकेको छ । पात्रहरू काल्पनिक जस्ता भएका छन् । टेलिभिजनले मिथकलाई नै बढावा दिएकै छ ।
  • म मान्दछु, कृष्णले आफूलाई भगवान् भन्नुभएन । अलिकति तत्व ज्ञान भएकालाई पनि थाहा हुन्छ, आफैँलाई भगवान् भन्न सकिन्न भनेर । श्रीकृष्ण त ज्ञानको सागर हुनुहुन्थ्यो । उहालाई त महाभारतका प्रचारकले पो भगवान् भनेका हुन् ।

हुन त महाभारतको चर्चा गर्नु यो लेखको उद्देश्य थिएन । तर भगवान् चिनाउनेले यतिसम्म सिकाए कि मैले केही गर्न पर्दैन, भजन र प्रार्थना गरे पुग्छ । मैले पत्याइरहेँ, आफूलाई कर्महीन बनाएँ । अवतार पर्खिएँ । आफूभित्रको दियो छोपछाप पारेँ । र त म जल्दै छु । मेरो कर्मप्रतिको अविश्वासले गर्दा आज म हेपिएको छु । दादागिरीको संस्कारलाई ढोग्दै छु ।

*(अर्जुन चन्द्रवंशी भरतका सन्तान थिए र संस्कृतका श्लोकमा उनलाई पटकपटक भारत भनिएको छ ।)

Goma’s Birth and Curse on Her

This month we are worshipping Shree Swasthani, a Goddess who has been said to have appeared herself and is the most powerful. We recite stories from Magh Mahatmeya of Skanda Puran. This one episode is the one I don’t like. There would be nothing to say about Shrew Swasthani if it were absent, but I find it so ridiculous. I had posted an article on my Blogger.com on this episode two years ago. I share it here again.
http://sanskritepics-history-or-myth.blogspot.com/2014/02/gomas-birth-and-curse-on-her.html

Powered by WordPress & Theme by Anders Norén