संविधान सभामार्फत भोलि (आश्विन ३, २०७२) संविधान जारी हुँदैछ | यसै अवसरमा यो खुलापत्र लेखिएको छ |
माननीय सभासद्ज्यूहरु,
नेपालको संविधान, २०७२ संविधान सभामार्फत बहुमतले पारित भएकोमा बधाई दिन चाहन्छु | दोस्रो संविधान सभाको चुनाब भएको ठीक २२ महिनाको अन्तरालमा यो संविधान आएको छ | वैशाख १२ मा भूकम्पको झट्काले नबिउँझाएको भए सायद अहिले पनि संविधान आउने थिएन भन्ने कुरामा मा विश्वस्त छु | त्यो भूकम्प सायद हाम्रो लागि बरदान बनेर आयो | यद्यपि, यो पुराना कुराहरु कोट्याउने समय होइन, यो त हर्षोल्लासको समय हो – संविधान जारी भएको अवसरमा |
तर हर्षोल्लासको माहोल अझै बनिसकेको छैन | मैले पहिले नै भनेसकें – यो बहुमत नेपालीले स्वीकारेको संविधान हो | फेरी दोहोराउन चाहन्छु – “बहुमत” किनकी अधिकांश तराई/मधेसका नेपालीहरुले यो संविधानलाई अपनाउन चाहेका छैनन् | उनीहरुलाई तीन ठूला राजनीतिक दलहरुले बहुमतको तुजुक देखाएर एउटा यस्तो पुस्तक तयार पारिएको भन भएको छ, जसलाई उनीहरुले “संविधान” मान्नु पर्नेछ | यस्तो गहन समस्या देखिनामा यहाँहरुको दोष देखिन्छ |
“मधेश”को प्रतिनिधित्व गर्ने यहाँहरुमध्ये केहीले संविधान निर्माणको प्रक्रियाबाट हात झिक्नुभयो | मधेसमा गएर एउटा आन्दोलनको सुरुवात गर्नुभयो, जुन अप्रत्यासित रुपमा हिंस्रक बन्न पुग्यो | यद्यपि तपाईंहरुले हिंसा भएको स्विकार्नु भएन (आज सम्म स्विकार्नु भएको छैन) | ठूला राजनीतिक दलहरुले बनाएको कार्यपालिकाले र तपाईंहरु दुवै पक्षले तराईका जिल्लाहरुमा हिंसालाई प्रोत्साहन गर्नु भयो | अनि तपाईंहरु पनि संविधान निर्माण प्रक्रियामा फर्केर जानु भएन | यसो गरेर तपाईंहरुले जनताले दिएको भोटलाई अस्वीकार र अनादर गर्नुभएको छ | एउटा सुवर्ण अवसर बाट चुक्नु भएको छ |
तीन “ठूला” दलका प्रतिनिधिहरु भने कटिबद्ध भएर लग्नु भएको देखियो, जुन असाध्यै राम्रो पक्ष थियो | तर पचासौं तराईवासीको जीवन गयो यो संविधान जारी हुनु अघि | मधेशी नेताहरुलाई सहमतिमा ल्याउन तपाईंहरुले कोसिस गर्नुपर्थ्यो | संविधान बनाउने काम सगरमाथा चढेको भन्दा पनि गाह्रो छ – मैले बुझेको छु | तर बहुमतको साटो सर्वसम्मत संविधान आएको भए संविधान अनि खुसियालीको अर्थ पनि बढ्ने थियो |
अन्ततः संविधान बनाएर विकास निर्माणको मार्गनिर्देश गर्नुभएकोमा कृतज्ञ छु | यो संविधान जारी भएपछि नेपालले सम्मुनातिको मार्गमा छलांग मार्नेछ भन्ने आशा राख्दछु | भूकम्पले ध्वस्त बनाएका संरचना पुनर्निर्माण हुनेछन् र नयाँ संरचनाको निर्माणमा पनि सबैको ध्यान जानेछ भन्ने कामना गर्दछु | यहाँहरुलाई म फेरि पनि बधाई दिन चाहन्छु र भगवान पशुपतिनाथ नाथ (मैले कसैको धार्मिक आस्थामा चोट पुर्याएँ कि ? राष्ट्र धर्म निरपेक्ष भनेर घोषणा भैसकेको छ !) सँग हामी सबै सुरक्षित र खुशी रहन सकौं भनि प्रार्थना गर्दछु |
अंकित ढकाल “सन्दीप्त” सम्पूर्ण शान्तिप्रिय नेपालीको प्रतिनिधित्व गर्दै
(नोट: बैशाख १२ को भूकम्पको बारेमा केही पहिले अंग्रेजीमा एउटा लेख लेखेको थिएँ | त्यो लेख पढ्न यहाँ क्लिक गर्नुहोला |)
Discover more from Stories of Sandeept
Subscribe to get the latest posts sent to your email.
Anish Khanal
ahamtaa aaunu galat ho tara yo ekduumai sahi samaya maa aaeko chha ahile….
Madhesh baadi le ni janata ko man jiitun ra pheri tyo ahile haamile dambha ko kursii bhaneko thaau maa puuguun ani garuun j j garnu chha tei….ahile ta thulaa lai basera fakaaunu parne thaau maa bahira bahira hiidera k hunchha…
MA TA YO DESH KO NAAMUD BHEDAA HUU…..J BHAE NI ABA SAMBHIDAN BANNE PROCESS KO ASAHAMATI HATYO…NEWS LE ABA NAYA ARU ASAHAMTI KO KURA PAAUCHHAN…..HAAMI SUNNE CHHADAI CHHAU….DESH BIKAAS TA TEI AANKHA TARI MAR BHANNE UUKHAN JASTAI HO…
sandeept252
desh bikas hola jasto ta malai ni lagdaina. uhi sambidhan chhaina bhanera junsukai kaam tarne bahana hundaina bhanne matra ho.