Experiences of a common man!

Tag: Poem

बहत्तर सालको भुकम्प

गड्गड गड्गड गड्गडाउँदै

थर्थर थर्थर थर्थराउँदै

घरगोठ ढाल्दै, मान्छे मार्दै

मनहरूलाई कायल पार्दै

आयो

भोकमाथि शोक थपेर

शोकमाथि शोक थपेर
त्यो आएको दुई पल

कालको भोज थियो

प्रत्येक निमेषमा ऊ

अघाएको थियो

हरेकले उसलाई आँखाअघि

देखेको थियो

मान्छे कति निर्बल छ भन्दै

खित्का छाडेर हासेको थियो
पहाड बगे, फाँट फुटे

मन फाटे, आँसु बगे

उसले दिएको पीडाले

सबै निराश भए
भत्किए संरचना, भत्किए मन

राज्य निरीह देखियो

योजना लागू भएनन् 

एक जोडी कलाकारले

दिनरात जोडे केही मन

मनहरू बन्न अझै बाँकी नै छ

घरहरू बन्न अझै बाँकी नै छ

शिर सगरमाथाझैँ हुन अझै बाँकी छ

श्रापित देउता

उहिले यस भूमिमा
देउताले मानवलाई चार वर्णमा बाँडेर
गरि खाओ भनेथे रे
विद्यामा दक्खल राख्ने ब्राह्मण भए रे
युद्धमा अब्बल क्षत्रिय;
पशुपाल र व्यापारी वैश्य
अनि सबै वर्णका सहयोगी
शुद्र थिए रे
कर्म अनुसार वर्ण हुने
व्यवस्था गरेका थिए रे

ज्ञानलाई स्वार्थको भुमरीले छेक्यो
वीरले जित्दै गए,
महत्वाकांक्षाले छोप्दै आयो
व्यापार बढिरह्यो,
लोभ झन्झन् चढिरह्यो
सेवकले आफ्नो काम
चुपचाप,
हेपिएर,
पेलिएर गरिरह्यो

ब्राह्मणले आफ्ना असक्षम सन्तान
राजाले आफ्ना हीन उत्तराधिकारी
व्यापारीले आफ्ना दुर्गुणी छोराछोरी
शुद्र बनेको देख्न सकेनन्
देउताको डर हट्दै जाँदा
ब्राह्मणका सन्तान रहे ब्राह्मण
राजाका उत्तराधिकारी भए राजा
व्यापारीका छोराछोरी व्यापारी
शुद्रका सन्तति शुद्र नै रहे
बुद्धि भए पनि ती ब्राह्मण हुन सकेनन्
योद्धा भए पनि ती क्षत्रीय बन्न पाएनन्
व्यापार मात्र पनि गर्न पाएनन्
देउता पुराणका पानामा सीमित
त्यो युगमा
वर्ण व्यवस्थाको आफ्नै व्याख्या गरेर
माथिल्लो वर्णले शोषण गरिरहे

देउता टुलुटुलु हेरिरहे
धर्म हारिरह्यो
अन्याय बढिरह्यो
कर्म मरिरह्यो
पुराणका देउतालाई कसले मान्ने ?
भए सबै आफैँ नै जान्ने !
ब्राह्मणले बाँढ्न छाडे असल ज्ञान
राजाले शासन,
व्यापारीले लुट मच्चाइरहे
रोइरहे पीडितका मन

मिथक बनेका देउता
आकाशमा बसेर
धर्तीमा भएको अन्याय हेर्छन्
उनीहरू हेर्न मात्रै सक्छन्
किनकी
उनीहरू श्रापित छन् !
वृन्दाहरूका पतिव्रता आँसु बहँदा
ती टुलुटुलु हेर्थे !
ताराहरूका छलिएका मनहरू रुँदा
ती बेवास्ता गर्थे !
एकलव्यहरू माथि अन्याय भइरहँदा
ती आँखा चिम्लन्थे !
त्यसैले आज ती मिथक बन्दा पनि
टुलुटुलु हेर्न मात्र सक्छन् !
वेदना स्वर हरपल सुनेर पनि
बेवास्ता गर्न मात्र सक्छन् !
सामाजिक अव्यवस्था देखेर पनि
आँखा चिम्लन मात्र सक्छन् !
किनकी ती श्रापित छन् !

तर
दुखेका मनहरू एकदिन जाग्नेछन्
अन्याय गर्नेहरू भाग्नेछन्
न्याय र ज्ञानको उज्यालोमा
मानिसहरू ती जागेका मनहरू हेर्नेछन्
उनीहरूले त्यस दिन देउता देख्नेछन्
बुझ्नेछन्
देउता आकाशमा होइन
धर्तीमा बाँच्दछन् !
आकाशका देउता भने
धर्तीमा टुलुटुलु हेर्नेछन्
किनकी
ती सदाका लागि श्रापित छन् !

Speechless

[A poem I started out of a random thought some months ago. I hadn’t completed it then. When I saw it today, I completed it. The last part differs from what I had planned the day I created it.]

ME:

Saw her again, passing by the street;

Had opportunity to meet

Graceful she; radiance on her face

All of a sudden, fear made me retreat.

If you had helped me a little more,

O God!

I would have felt blessed!

But you helped me less;

If not, I would not have been speechless!

GOD:

Don’t blame me, kid

For the mistake you did.

The rain had passed, the sun was bright

I did everything to help you with my might.

ME:

If you had helped me no less

Tell me, my Lord! Why was I speechless?

GOD:

I can’t answer that

When in doubt,

Ask your heart.

ME:

Tell me, O Heart!

Why do I crave

To be with her

But fear

Whenever she is near?

HEART:

Lub-dub-lub-dub-lub-lub-dub-dub-lub-dub

ME:

And the heart goes on

Beating.

I can’t understand

What it’s saying!

O God! Teach me

The language of the heart.

Where are you, O God?

Where have you gone

Leaving your child alone?

I know you left.

I know I should do it myself.

I’ve the problem;

I’ve the solution.

However, I’m distressed,

Stressed

But well dressed!

So that I can hide

My inabilities

And my problems

That are not getting less.

I stare at a wall alone

And speechless!

Page 2 of 2

Powered by WordPress & Theme by Anders Norén