१. ज्ञान र शिक्षा फरक कुरा हुन् ।
२. गलत शिक्षा हुनुभन्दा नभएकै वेश ।
३. शिक्षाको उद्देश्य सिक्ने या बुझ्ने हुनुपर्छ । त्यसो नभएसम्म शिक्षा र शिक्षा प्रणाली गलत हुन्छन् ।
४. उत्सुकता र प्रकृतिसँगको निकटताले मानिसलाई ज्ञानी बनाउँछ भलै उसले औपचारिक शिक्षा नपाएको होस् ।
५. दक्षिण एसियामा मातृभाषामा ज्ञान पाउन धेरै नै गाह्रो छ । मातृभाषाबाट हुने सिकाइले बालबालिकालाई उत्सुक बनाउन सिकाउँछ र उनीहरूको आत्मविश्वासमा समेत मद्दत गर्छ । मातृभाषामा राम्रो पकड छ भने अरू भाषा सिक्न पनि सजिलो हुन्छ ।
६. भूगोल र माटो अनुसारको शिक्षा उपयोगी हुन्छ । युरोपेलीको नक्कल गरेर अघि बढ्न सकिन्न ।
७. सरकारमा रहेका/प्रभावशाली व्यक्तिका सन्तानहरू सार्वजनिक शिक्षा प्रणालीमा नभएसम्म सार्वजनिक शिक्षामा केही परिवर्तन आउँदैन ।
८. प्रकृतिमा प्रकृतिसँग सिकेका कुराहरू वास्तविक ज्ञान हुन् तर त्यसतो मौलिक ज्ञानको साटो हाम्रा शैक्षिक संस्थाहरू युरोप र अमेरिकाका कोर्सहरू कपी-पेस्ट गरिरहेका छौँ । यसले हामीलाई पछि पार्छ ।
९. शिक्षाका तीन माध्यम हुन्छन्: (१) श्रुतियुक्त (सुनेका र पढेका कुरालाई महत्त्व दिने), (२) चेतनायुक्त (सुनेका/पढेका कुरालाई मनन गर्ने र तीमाथि तर्क गर्ने) र (३) भावयुक्त (अनुभव लिँदै सिक्ने) । हाम्रो शिक्षा प्रणालीमा अनुभव लिँदै सिक्ने कुराको अभाव छ ।

सोनाम वाङ्चुकको अन्तर्वार्ता

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.