Experiences of a common man!

Tag: Humor

आजकल मैले फेरि सपना देख्न थालेको छु

आफूले जन्माएर
आफैँले मारेँ भनेका सपनाहरू
चिच्याइरहन्थे,
“लाग्यो होला तँलाई हामी मर्यौँ
तर हामी त तँ भित्रै छौँ
हामी तेरै अंश त हौँ !
जबसम्म तँ जिउँदो छ्स्,
हाम्रो अन्त्य हुनेछैन ।

“तेरो मनले बनाएको पिँजडामा
हामी बसेका छौँ
तैले वास्तै नगरे पनि
झक्झकाएका छौँ
भनिरहेका छौँ,
ब्युँता फेरि हामीलाई
खुसी हुन्छस्, सुखी हुन्छस् ।
कति रोक्छस् अन्तरात्माको आवाज ?
तोड पिँजडा, मुक्त गर,
अनि हुर्का हामीलाई ।”

डरको झ्यालखाना तोडेर
बचेखुचेका रहर जोडेर
सपनाको लिलाम गर्नेहरूसँग जोगिएर
आजकल मैले फेरि सपना देख्न थालेको छु !
नीदमा र जागामा
आशाका मसिना धागामा
सपनाको माला उन्न थालेको छु !

(२०७५/०४/१९)

लोडसेडिङ हट्त कथा

वृद्ध बाजे आज्ञा गर्नुहुन्छ— हे नातिनातिना हो ! २०७३ सालको तिहारदेखि एउटा यस्तो अनौठो घटना भयो जुन पहिले कहिल्यै भएको थिएन । मानिसहरू चकित भएका थिए । उनीहरू एउटा अद्भुत शक्तिको अभावमा छटपटिएका थिए । लोडसेडिङ धेरै दिनसम्म आएन । हिउँद लाग्नेवित्तिकै लोडसेडिङको प्रतीक्षामा सबै रहन्थे भनेर पहिले पनि भनेकै थिएँ मैले । त्यो साल पनि स्कूले केटाकेटी भनिरहेका थिए— “लोडसेडिङ आएपछि होमवर्क गरौंला भनेको त आउँदै आउँदैन ।” टिभी हेर्दाहेर्दै अनि कम्प्युटर चलाउँदा-चलाउँदै थकित भएका थिए उनीहरू । अल्छि गर्नेहरूले पनि काम गरिरहनु परेको थियो । कर्मचोरी गर्ने कर्मचारी हैरान भएका थिए । केही नेतागण भन्न थालेका थिए— “हैन, यसपाली के भएको ? बिजुली देव जनताका घरमा के गर्दैछन् ? हाम्रो घरमा मात्रै आउनु पर्ने !”

नातिनातिना छक्क पर्दै बिन्ति गर्छन्— हे बाजे ! त्यो साल अचानक लोडसेडिङ हट्त कथा कसरी बन्यो ? अघिल्लो सालसम्म त बढ्त कथा मात्र थियो । सबै कुरा प्रष्ट भन्नुहोस्, बाजे !” तब वृद्ध बाजे भन्नुहुन्छ— हे नातिनातिना हो ! ध्यान दिएर सुन । त्यो साल तिहारपछि लोडसेडिङ नआएको कुराले पत्रकारका आँखा र कान चनाख भए, गुगलको दिव्यदृष्टि पनि प्रयोग गरे उनीहरूले । तब थाहा हुन आयो— लोडसेडिङ त नेपाल विद्युत प्रधिकरणका टाउके कुलमानले गर्दा पो नआएको रहेछ ।

“कुल म्यान ?” फुच्चे नातिले प्वाक्क भने । बाजे एकछिन अक्मकिए । घाँटी सफा गरेर फेरि भने— “उनी कुल म्यान थिए तर नाम त बिगार्न भएन नि नाति ! के भएको रहेछ भने नि, हामी सबै लक्ष्मीपूजाको तयारी गरिरहँदा उनी चाहीँ आफ्नो कामको पूजा गरिरहेका रहेछन् । कामलाई पूजा गर्नाले उनको घरमा लक्ष्मी आइसकेकी थिइन् । तर उनी सबै नेपालीका घरमा लक्ष्मीको वास होस् भन्ने चाहन्थे । त्यसैले बिजुलीदेवको आराधना गरेछन् । बिजुलीदेवसँग भेट्न उनलाई गाह्रो थिएन किनकि चिलिमे भन्ने खोलामा बिजुलीदेवको बसोबासको व्यवस्था उनले गरेका थिए । अब भने देशलाई नै बिजुलीदेवको शक्ति देखाउनु थियो । उनले अध्धयन गरेछन्, लोडसेडिङको चकचकी घटाउने मन्त्र सिकेछन् । तिहारको दिन बिजुलीदेवलाई सबै नेपालीको घरमा आउन आह्वान गरेछन् । अनि देशभरका मुख्य स्टेसन चलाएछन् । लोडसेडिङ एकछिन पनि आउन सकेनछ तिहारको बेला ।

त्यहाँ उप्रान्त कुलमान एकदम हौसिएछन् । उनको हौसला र बिजुलीदेवको आशिर्वादले उनी अत्यन्त तेजीला देखिए । उनको तेजप्रति सबै आकर्षित भए । पत्रकारले अन्तर्वार्ताका लागि बोलाउन थाले । जनताले उनलाई माया दिन थाले । उनकै कार्यालयका केही भने चिढिए, उनीहरूमा इर्ष्याको भावना आयो तर कुलमानको तेज सामुन्ने त्यस्ता नकारात्मक भाव भस्म भए । उनको काम र तेज देखेर नतमस्तक भएका पत्रकारले भने— “हे कुलमान ! आजसम्म कसैले गर्न नसकेको काम हजुरले कसरी गर्नुभयो, कहनुहोस् । कुलमानले मुस्कुराउँदै भने— “म छिट्टै एउटा अभूतपूर्व घोषणा गर्दैछु । त्यही बेला सबै कुरा भन्नेछु ।” पत्रकारहरू वाल्ल परे अनि आआफ्ना आश्रम फर्किए ।

नातिनातिना ज्यादै उत्सुक भएका थिए । उनीहरूले सोधे— “कस्तो घोषणा थियो त्यो बाजे ?”

बाजे भन्नुहुन्छ— हे नातिनातिना हो ! त्यो यस्तो घोषणा थियो, जुन कसैले दश मनमा एक मनले पनि सोचेको थिएन । लोडसेडिङको पराजयका लागि त्यो ब्रह्मास्त्र थियो । पत्रकारले भरिभराउ सभाअघि बसेर कुलमानले भने— “यस अभूतपूर्व घोषणाको अगाडि बिजुलीदेवसँग अनुमति माग्दछु ।” पत्रकारहरू मुखामुख गर्न थाले । कुलमानले मुसुक्क हास्दै भने— “छक्क नपर्नुहोस् पत्रकारज्यूहरू, बिजुलीदेव हामीसँगै हुनुहुन्छ । यो कोठा, यो शहर, अनि यो देशका हरेक तारमा उहाँ निष्फिक्र दौडिरहनु भएको छ । यसैगरी दौडिरहनु हुनेछ । बिजुलीदेव्को अनुमति लिएर आज म घोषणा गर्दछु: आजको मितिदेखि लोडसेडिङको अन्त्य भएको छ ।”

पत्रकारहरू खासखुस गर्न थाले । उनीहरूले भने— “कुलमानज्यू, बिजुलीदेव स्वयम् भन्नुहुन्थ्यो— “लोडसेडिङ बालाई पराजित गर्न म अहिल्यै सक्दिनँ ।” अचानक उहाँको शक्ति कसरी बढ्यो ?”

कुलमानले फेरि मुस्कुराउँदै भने— “मोटिभेसन महोदयहरू, अरू केही होइन । लोडसेडिङको अन्धकारले गर्दा बिजुलीदेव हीनताबोधले ग्रसित हुनुहुन्थ्यो । हामीले पनि लोडसेडिङलाई सहजै स्वीकारेका कारण उहाँको जोश मरेको थियो । मैले बिजुलीदेवलाई भनें— “हे बिजुलीदेव ! लोडसेडिङ विरुद्ध धावा बोल्न हजुर बाहेक अरू कसैको सामर्थ्य छैन । यो भक्तको पुकार सुनेर देशभर प्रकट हुनुहोस्, प्रभु !

बिजुलीदेवले भन्नुभयो— “ठूला जलविद्युत आयोजना बनिसके ?”

मैले भनें— “छिट्टै बनिसक्ने छन् ।”

“वैकल्पिक उर्जाको विकास भयो ?”

“हुँदै छ ।”

“तिम्रा कार्यालयका सबै भ्रष्ट कारबाहीमा परे ?”

“छैन ।”

अनि उहाँले जंगिदै भन्नुभयो— “म कसरी आउँ त त्यसो भए ?”

“तारमार्फत आउनुहोस् प्रभु !”

“कसरी ?”

“देशमा भएका परियोजना हजुरको शक्ति बढाउन पर्याप्त रहेछन् । सुक्खा मौसममा केही गाह्रो होला तर चुहावट नियन्त्रण गरेपछि सब ठीक हुनेछ । वैकल्पिक उर्जा पनि बिस्तारै अघि बढ्दै छन् । सोलार प्यानलले काठमाडौंका धेरै सडक उज्यालो बनिसके । मेरो कार्यालयका कर्मचारी अव्यवस्थाले ग्रसित छन् । अव्यवस्थाले भ्रष्टाचार बढाउने रहेछ । ‘राइट म्यान एट राइट प्लेस’को अवधारणामा अघि बढ्नेछु । अहिलेलाई आरामले तारमा कुद्नुहोस् प्रभु !”

यति भनेपछि बिजुलीदेव आश्वस्त हुनुभएछ । लोडसेडिङलाई हराउन सक्नुभएछ । कुलमानका सपनाजस्ता कुरा सुनेर सबै अलमलिए । इन्भर्टरको ब्यापार गर्नेहरू झस्किए । नेपालमा लोडसेडिङ सधैं आउनुपर्छ भन्ने विद्वानहरू जिल्लिए । लोडसेडिङलाई मार्न सकिन्छ भन्ने विद्वानहरू उजिल्लिए । वृद्ध बाजे भन्नुहुन्छ— तर यो परिवर्तन कहिलेसम्म रहने हो भन्ने प्रश्न उठिरहेको थियो । लोडसेडिङ आउनु जरुरी थिएन भने किन ल्याइयो ? पहिला लोडसेडिङ गराउने माथि कारबाही हुन्छ त ? बिजुलीदेव निद्राबाट जागेझैँ सबै नेपाली जाग्नुपर्ने अभूतपूर्व समय आएको थियो ।

।।इति श्री नेपाल पुरणे हिउँद खन्डे विद्युत म्हात्म्ये बाजेनातिनातिना संवादे

श्री लोडसेडिङ हट्त कथायां कुलमान वर्णन नाम संकटमोचानाध्याय ।।

Scribophile: Irony of Critiquing

I have been busy on Scribophile these days. It is a writer’s forum where one can read and critique others’ works. After one has 5 karma points, they can publish their works so that others can comment and critique. That’s exactly where the irony lies.

On Sunday, I critiqued a work inline (one can point out errors and suggest modifications word by word in this format). When I completed and looked back at the homepage, I had received an inline critique on a story I had submitted. I am grateful to everyone who critiqued the story. They showed me the errors and suggested some of the things I had never in my mind. When I ended reading the critiques, one thing became clear: We tend to turn a blind eye to our errors, while we tend to point out other people’s mistakes.*

I think it is our inherent nature that makes us able to show other people’s errors. Scribophile has helped utilize that inherent capacity for the growth of authors. And I am loving the irony in it.

*In Nepali we have a proverb: 

आफ्नो आङको भैंसी नदेख्ने, अर्काको आङको चैँ जुम्रा पनि देखाउने !

Transliteration: Aafno aang ko bhaisi na dekhne, arka ko aang ko chai jumra pani dekhaaune.
Translation (literal):

One does not see a buffalo on their body but shows lice on other’s bodies. (Excuse my translation!)

What Next?

On January 22, I receive an e-mail from the organizers of NaNoWriMo. The mail says, “What next?” And that’s not the only thing it says. It says to awaken the editor within me to amend the constitution– (Sorry!) the novel I had constructed in the month of November. I just mark it as “read” and say to myself, “The author is here, I’m on fire. The story is on the computer.” Readers might say, “Fine. What’s wrong in that?” That actually is the problem and as I write this article looking at the dead desktop computer on my table I’m asking to myself if the problem will be solved.

Thanks to the “Good Governance” and the Great Nepali dream of becoming “load shedding free” by the next year, interaction with the electricity has become rare. Electrical appliances are running with an application of brakes every half an hour. Even if I get a chance to “open” my computer, there is a fear, “When will it go off?” By the time I will be ready to edit, I am sure I will be too late. The computer screen will be as dark as night. So I decide to stare at the computer, think of the story and edit it within my mind. I’ll also be checking out NaNoWriMo’s programmes. So, I can smile a bit, can I?

Readers might ask, “How are you writing this if your computer is in a state of coma?” I would like to thank WordPress for creating an Android App. There is a problem with Android phones- battery. Thanks to my parents, they installed a panel that catches up photons during the day. The free energy from the Helios is all that runs this phone these days. (The battery is draining as I type in with my thumbs!)

“What next?” My friend Anish (now famous for his jacket) said to me when I called him at noon the other day. He had asked what blog posts I had in store. I had two articles. One, I posted almost an hour after the call. The second is a monthly feature to be published on February 1st. I have compiled this somehow. Will I be able to post another? The question still lingers, “WHAT NEXT?”

श्री लोडसेडिङ्ग बढ्त कथा

वृद्ध बाजे आज्ञा गर्नु हुन्छ– हे नाति नातिना हो ! त्यहाँ उप्रान्त नेपालमा लोडसेडिङ्गको चकचकी बढ्न थाल्यो । कस्तो भने- छिनमै आउने अनि छिनमै जाने । त्यो कस्तो थियो भने- कालो, अन्धकारको वस्त्र भिर्ने अनि सबैका घरघरमा एकैचोटि पसेर एकैचोटि निस्कन सक्ने- कुनै दैवी वा अलौकिक शक्तिभन्दा कम थिएन । हिउँद बढ्दै जाँदा मानवगण उसको प्रतिक्षामा बसेका देखिन्थे । कोही बच्चाबच्ची भन्थे- “लोडसेडिङ्ग आएपछि होमवर्क गरौँला, अलिबेर टिभी हेर्छौँ ।” केही तरुण जोडीका लागि ऊ वरदान भएको थियो । काम गर्नाका अल्छीले पनि चैनको सास फेर्दै भन्थे- “वाह ! लोडसेडिङ्ग आएपछि क्या मजासँग सुत्न पाइन्छ । सुत्न छाडेर को काम गरोस्, आ ऽऽऽ!”

वृद्ध बाजे आज्ञा गर्नुहुन्छ- “हे नाति नातिना हो ! अब के सुन्ने इच्छा छ ? सो मलाई बताओ ।” तब उम्रिँदैमा तीनपाते फुच्चे नातिले हात जोड्दै बिन्ती गरे- “हे बाजे ! लोडसेडिङ्गले कस्ता समस्या ल्यायो अनि समाधानका प्रयास कस्ता थिए ? सो विषयमा कहनुहोस् ।” तब वृद्ध बाजे आज्ञा गर्नुहुन्छ- लोडसेडिङ्गले सानादेखि ठूलासम्म सबैलाई दुःख दिएको भए तापनि प्रायः कोही चिन्तित देखिदैनथे । लोडसेडिङ्गलाई दिनचर्यामा ढाल्न खप्पिस भइसकेका थिए उनीहरू । तैपनि लोडसेडिङ्ग कस्तो समयमा आउँथ्यो भने- कोही टिभीमा फिलिम र सिरियल हेरिरहेका, कोही कम्प्युटरमा च्याट गरिरहेका, कोही राइस कुकरमा भात पकाइरहेका, कोही अँध्यारा पाइखानामा र कोही सिँढीमा चढिरहेका- यस्ता समयमा ऊ आउँथ्यो । अझ कोही अर्जेन्ट काम गरिरहेका अनि उद्योग धन्दामा व्यस्त भइरहँदा समेत त्यो आउँथ्यो । लोडसेडिङ्गको कारण कसैको सिरियल छुटेको थियो भने कसैको खाना बिग्रेको थियो । च्याट गर्दागर्दै ऊ अचानक आउँदा कतिको सम्बन्ध पनि टुटेको थियो ।

यस्तै रीतले दिव्य दुई सय वर्ष * बिते । हिउँदमा लोडसेडिङ्ग नआओस् भनेर कलाकारहरू, साहित्यकारहरू व्यङ्ग्य गर्न थाले । ठाउँठाउँमा इन्जिनियर र उद्योगीहरू सभा बस्न थाले । लोडसेडिङ्ग हटाउन मद्दत गर्नुपर्यो भनेर नेताहरूलाई पनि गुहारे तर सहयोग नपाएपछि बिजुली देव हो कि देवीलाई भेट्न भनी कुलेखानीको हाइड्रोपावर ‘प्लान्टमा’ पुगे । त्यहाँ बिजुली देव (कि देवी ?) लाई भेट्न नसकी त्रिशुली, कालीगण्डकीजस्ता ठूला जलविद्युत् परियोजनामा समेत उहाँको उपस्थिति नगण्य भएर गफ गर्न नपाएपछि अचम्म मान्दै गुगलमार्फत ध्यानदृष्टिले हेर्दा एउटा लघु जलविद्युत् आयोजनामा हुनुहुन्छ भन्ने थाहा पाएर त्यतै गए ।

बल्लतल्ल बिजुली देव (कि देवी ?) को दर्शन पाएका थिए- उहाँ त तारमा पो दौडदै हनुहुँदो रहेछ । ती विद्वानवर्गले स्तुति गाउँदै भने- हे बिजुली देव वा देवी, जे भएपनि ! हाम्रो पुकार सुनेर हाम्रो सङ्कट निवारण गरिदिनुहोस् । हे देव (वा देवी ?) ! हजुर कस्ता भने- उज्यालोमा रही उज्यालोमै रम्ने, यस्ता हजुरलाई कोटिकोटि नमस्कार छ ! अन्धकारको साथी लोडसेडिङ्गलाई तह लगाउन सक्ने यस्ता हजुरलाई कोटिकोटि नमस्कार ! भक्तजनमाथि आशिष् दिएर कहिले खाना पकाउन त कहिले अर्काकी छोरी फकाउन मद्दत गर्ने यस्ता हजुरलाई कोटिकोटि नमस्कार ! हे भक्तवत्सल, हे निरञ्जन, निराकार ! हजुरको शक्ति असीमित छ । एकै ठाउँबाट तारमार्फत घरघरमा दौडन सक्ने हजुरलाई कोटिकोटि नमस्कार छ ! लोडसेढिङ्गको प्रहारले पटकपटक मृत्यु वरण गरेपनि अमर भइरहेका यस्ता हजुरलाई कोटिकोटि नमस्कार छ । ठूलाठूला घरमा चौबिसै घण्टा आएर तिनकै घर छेउका सोझा सिधा नेपालीका घरमा पाहुना बनेर झुल्कने यस्ता हजुरलाई कोटिकोटि नमस्कार ! हजुरको महिमाको वर्णन गर्न हजार जिब्रा भएका शेषनाग (विचरा, उनको त मान्छेको जस्तो बोली नै छैन, के गरून् !) र सरस्वती (तिनले कुन देउताको महिमा पूर्ण रूपले गरेकी छन् र हजुरको गरून् !) ले पनि नसकेका, हामी तुच्छ (नागभन्दा पनि ?) मनुष्यले कसरी सकौँला ? त्यसैले हाम्रो प्रार्थना सुनी कृपा गर्नुहोस्, प्रभु (कि माता जेसुकै होस्) !

विद्वानवर्गका यस्ता सुमधुर वचनले प्रशन्न भई बिजुली देव (कि देवी?) एकछिन वेग अलि कम गरेर भन्नुहुन्छ- हे नेपाली कलाकार, साहित्यकार, इन्जिनियर र उद्योगी हो ! तिमीहरूको प्रार्थनादेखि म खुसी भएँ तर अहिले नै लोडसेडिङ्गलाई हराउने तागत मसँग छैन । खास गरी अन्धकार बाले उसलाई आफ्नै सन्तान सरह रेखदेख गरेकाले पनि म भन्दा लोडसेडिङ्ग हृष्टपुष्ट छ । अन्धकार बाको यस्तो कामको विरोध पनि त म गर्न सक्दिनँ । (बिचरा बिजुली देव हो कि देवी हो!- नाति) फेरि लोडसेडिङ्ग म भन्दा धीर भएको छ । कतिसम्म भने- लगातार आठ दश घण्टा पनि एकै ठाउँ बस्न सक्ने । म चाहिँ चञ्चल हुनाले कहिले यता कहिले उता गरिरहन्छु । मेरा कुरालाई अन्यथा नलेओ भक्तजन ! तर अहिलेको मेरो अवस्था लोडसेडिङ्गलाई परास्त गर्न सक्षम छैन ।”

तब बाजेकी फुच्ची तर छुच्ची नातिनी बिन्ती गर्छिन्- “हे बाजे ! त्यसो भए उहाँ चिरकालका लागि शक्तिहीन रहनुहुन्छ ? के उहाँ आउनुहुन्न ?” नातिनीका प्रश्न सुनी बाजे भन्नुहुन्छ- बिजुलीले त्यही बेला ती विद्वानवर्ग सँग आउन त मान्नुभएन तर एउटा उपाय सुझाउनु भयो- “म अहिले सानो परियोजनामा मज्जाले कुदेको छु । अरू यस्तै ठाउँमा म हरपल दौडेको छु । ठूला परियोजनामा कहिलेकाहीँ कुद्दा भन्दा धेरै खुसी यहाँ छ । त्यसैले हे भक्तजन ! लघु जलविद्युतमा हात बढाओ, वैकल्पिक ऊर्जाको खोजी गर, गाउँशहरमा तिनलाई पुर्याओ । ठूला आयोजना राष्ट्रिय हित अनुसार सम्पन्न गराओ; कसैको स्वार्थका लागि तिनलाई बन्द नगर । विद्युत प्राधिकरणका भ्रष्ट कर्मचारीलाई डाँडामात्र होइन, देशै कटाओ । यति गर्नसके लोडसेडिङ्ग पराजित भइजाला ।”

यति भनीसकी उहाँ तारमार्फत वेगसँग गाउँका घरघरमा पुग्नुभयो । विद्वानवर्गले वाल्ल परेर एकछिन त्यो दृश्य हेर्दै उहाँको वाणी मनन गरी आआफ्ना आश्रममा फिर्दा भए ।

।।इति श्री नेपाल पुराणे हिउँद खण्डे विद्युत माहात्म्ये बाजे नातिनातिना संवादे श्री लोडसेडिङ्ग बढ्त कथायं बिजुली प्रार्थना वर्णनं नाम सङ्कटोध्याय ।।


* दिव्य दुई सय वर्ष = बीस वर्ष

अनिशको ज्याकेट

दूध-जेरी खान जाने आशमा
स्लीपिंग ब्यागबाट निस्केर एकै सासमा
आँखा मिच्दै यताउता हेर्छ अनिश
जुरुक्क उठेर कपडा फेर्छ अनिश

लुगा लगाइसकी यताउता फेरि हेर्छ
नजरले सबलाई केर्छ
एकछिन पछि मुख फोरेर भन्छ,
“कहाँ छ मेरो ज्याकेट?”

“त्यो मेरो सुन्तले रंगको ज्याकेट
मलाई नभई नहुने ज्याकेट;
मेरो नाम लेखिएको त्यो ज्याकेट!
केटा हो ! देख्यौ कि कतै त्यो ज्याकेट ?”

अलमल्ल पर्दै, टाउको कन्याउँदै
सुतिरहेको छिमेकीलाई उठाउँदै
कराउँछ, “अरे ओ बसन्ती, तिम्रो सिरानीमा छ कि मेरो ज्याकेट कतै;
झट्टै उठ त ओ बसन्ती !”

बसन्ती, उर्फ बसन्त भर्खर उठेको;
प्याकेट, ज्याकेट केही थाहा छैन पाएको
अनिशलाई हेर्छ, छक्क मान्छ;
“यतै होला, नत्र त्यत्रो ज्याकेट भन त कता जान्छ ?”

जुरुक्क उठेर ऊ पनि
भेट्याएरै छाड्छु ज्याकेट भनी
सिरानी हटाउँछ, स्लीपिंग ब्याग टक्टक्याउँछ
अनिशतिर हेरी चकित मुद्रामा ऊ भन्छ,
“हैन तिम्रो सामान कता चैँ जान्छ ?”

तनाव भइसक्यो अनिशलाई
टाउको कन्याउँदै, कराउँदै उठायो कोठाका सबै मानिसलाई
छिमेकीलाई उठाएर वल्लो गाउँमा आइ
भन्छ, “ज्याकेट खोजिदिनु पर्यो, ए पवन दाइ |”

म पनि आफ्नो ‘ओछ्यान’ हेर्छु
शुन्य हात लाएर पवन दाइलाई हेर्छु
पवन दाइ चाहिँ उठेर हेर्दै रमिता
भन्दै छन् यस्तै (यो कविता जस्तै) भाकामा एउटा कविता |

आधा घन्टा भइसक्यो
दूध-जेरी खान पाइने टाइम गइसक्यो
तर ज्याकेट हात परेन
त्यो सुन्तले रंगको ज्याकेट नभई
अनिशको पाइला बाहिर सरेन |

रन्थनिँदै, आँखा मिच्दै, कपाल कन्याउँदै
“खोजाओ न हो मेरो ज्याकेट,” भन्दै
पुर्पुरोमा हात लाउँछ अनिश
फिल्ड जानै नपाइने भो भन्ठान्छ अनिश !

“भुल्नेको नि हद हुन्छ,” म भन्दै छु
पहिले उसले हराएका सामानका बारेमा सम्झँदै छु
‘भुलक्कड’को उपमा दिइसके पवन दाइले !
भन्दै छन्, “कस्तो याद नगरेको हो अनिश भाइले ?”

‘यहीँ त राखेको थेँ,’ सोच्दै अझै वरिपरि हेर्छ;
ब्यागको पहाड मजैसँग फोर्छ !
त्यै पनि कतै छैन ज्याकेट |
अनिशको नाम भएको, त्यो पातलो, अतुल्य ज्याकेट !

थचक्क बसेर कपाल समाउँदै
महामू्र्ख नै बनाउँछन् कि भन्ठान्दै
हेर्दै गर्दा बाहिरबाट आइपुगे रवि दाइ
मुहारमा मधुर मुस्कान ल्याइ !

सोध्छन् पवन दाइ, “ए रवि, अनिशको ज्याकेट देख्यौ ?”
अनिशले हेर्यो रवि दाइलाई अनि भन्यो,
“पापी दाइ, मेरो ज्याकेट लायौ ? कताबाट आयौ ?”

अक्क न बक्क परेर, पकेटमा लेखेको नाम पढेर,
भने रवि दाइले, “ओहो अनिश, मैले लाएछु तिम्रो ज्याकेट झुक्के’र !”

हासो छर्दै भन्दै छन् पवन दाइ,
“डिपी सरको चप्पल*, अनिश भाइको ज्याकेट
कालिदास हुन्थ्यो अनिश
रवि नआ’को भए लाएर त्यो ज्याकेट !”

(माघ २, २०७२ बिहान ७ बजे श्री वागेश्वरी उ. मा. वि, रिचोकटार, मलेखुको रुम नं. ३ मा भएको घटनामा आधारित |)
*२०७२ पौष ३० मा रोशनराज भट्टराई सरले सुनाउनु भएको कविता | यो कविता त्यही रचनाबाट प्रेरित छ |

Powered by WordPress & Theme by Anders Norén