Experiences of a common man!

Tag: Leaders

के नेपालीको दलीय सोच तोडिएला ?

वैशाख ३० गते स्थानीय तहको निर्वाचन आउन दुई दिन बाँकी थियो । घरमा कसलाई भोट हाल्ने भन्ने विषयमा छलफल हुँदै थियो । “भोट किन हाल्ने ?” मैले सोधेँ । “वडा समितिका अध्यक्ष र सदस्य बन्न कै लागि ठूला (भ्रष्ट) नेताको अघिपछि लाग्ने अनि आम नागरिकका टोलमा पनि नआउने उम्मेदवारलाई किन जिताउने ?”

बाबाले सम्झाउन खोज्नुभयो । “एकदुई जनाले भोट नहालेर के हुन्छ ? एकजनाले बढी भोट हाल्यो भने पनि कुनै एउटाले जितिहाल्छ । यति पर्सेन्ट ल्याउनैपर्ने भन्ने बाध्यता पनि छैन ।”

“त्यसो भए खराबमध्येबाट मात्रै छान्नुपर्ने हो त ? राम्रा उम्मेदवार दिन सक्दैनन् दलहरूले ?”

“दिँदैनन् ।”

“अनि किन भोट हाल्ने त ?” मलाई चित्त बुझ्दै बुझेन । “अनि चुनावअघि त यस्तो घमण्ड गर्छन् । चुनाव जितेको भोलिपल्ट देखि के होला ?”

प्रमुख पदका एक उम्मेदवारको रवैया मन परिरहेको थिएन । प्रष्ट विरोध गरेँ । “बालेन शाहले राम्रा र गर्न सकिने योजनाहरू ल्याएका छन् । इन्जिनियर हुन् । प्राविधिक ज्ञान पनि छ । एकचोटि मौका दिऊँ न ।”

तर पार्टीमा सक्रिय रहनु भएका मेरा परिवारका सदस्यहरूले आफ्नो दलबाट आएका उम्मेदवार बाहेक विकल्प नै देख्नुभएन । स्वतन्त्र उम्मेद्वारले जिते पनि वडाध्यक्षहरू पार्टीबाट आउछन् । केही गर्न सक्दैन । जित्न सक्नेलाई नै भोट दिनुपर्छ । ‘हुन त पार्टी बाहेकका मान्छेलाई टिक्न निदिएको जताततै देखेको हो तर एउटा मौका दिँदा त हुन्थ्यो होला । अनि मौका दिए त जसले पनि जित्न सक्छ नि !’ मनमनै भनेँ । चुनावको नतिजा जे भए पनि स्वतन्त्र विचारलाई समर्थन गर्ने निर्णय गरेँ ।

जे सुकै होला भन्दै भोट हालेको, बालेन शाहले जिते । मतगणना सुरु भएको ५ दिनसम्म त उनले जित्छन् जस्तो लागेकै थिएन मलाई त । काठमाडौं महानगरपालिका बाहेक धरान, धनगढी र जनकपुर उपमहानगरहरूमा पनि स्वतन्त्र रूपमा उठेका व्यक्तिहरूले चुनाव जिते । कुनै एउटा पार्टीको गढ भनेर चिनिएका धेरै ठाउँहरूमा अर्कै पार्टी वा व्यक्ति विजयी भए । स्थानीय निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली छ जसको भरपुर उपयोग पार्टीगत राजनीतिबाट आजित भएका आम नागरिकले गरे ।

लोकतन्त्रमा दलहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । हाम्रो त संविधानले नै “बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र”लाई आत्मसात् गरेको छ । त्यति मात्र हैन, समानुपातिक निर्वाचन प्रणालीले दलविहीनतालाई अस्वीकार गरिदिएको छ । यस्तोमा नेपालीहरूमा दलीय सोच हुनु अस्वाभाविक हैन । तर आफ्नो पार्टी सधैँ ठीक, सधैँ राम्रो भन्ने जुन तरिकाको सोच छ, त्यो परिवर्तन हुन जरुरी छ ।

आफ्नो स्वार्थ हेरेर कुनै राजनीतिक दलको आड लिने मानिसहरू धेरै सङ्ख्यामा छन् । उनीहरू न ती राजनीतिक दलका सिद्धान्त बुझ्छन्, न त नीति अनुसार चल्छन् । लाखौं रूपैयाँ “नेता”हरूका खल्तीमा भरिदिने हो पनि जोसुकै त्यो पार्टीको खुङ्खार नेता भनेर चिनिन्छ । यस्तो विचलनले पार्टीका इमानदार कार्यकर्ताको चित्त दुखाएको छ । यसको परिणाम चुनावमै देखिएको छ । टाउकेहरू अझै पनि अन्तर्घात र धाँधली भनिरहेका छन् । आफ्ना गल्ती सुधार्ने कुनै सोच देखिँदैन उनीहरूमा ।

यस्तोमा पार्टीका “नेता” भनाउँदालाई लाइनमा ल्याउने काम कार्यकर्ताको हो तर उनीहरू पनि आफ्नै स्वार्थमा अल्मलिएका छ्न् । नेतृत्व तह असहमति सहन सकिरहेको छैन । हरेक सिद्धान्त त प्रक्रियाको निर्मम समीक्षा हुनुपर्छ भन्नेहरू नै विरोधका मसिना स्वरहरूदेखि झस्केका जस्ता देखिन्छन् । यस्तो वाक्क लाग्दो राजनीतिको विकल्प केही ठाउँमा युवापुस्ताले खोज्न थालेको देखिन्छ ।

यद्यपि धेरै ठाउँमा सशक्त इमानदार विकल्प छैनन् । संघ र प्रदेशमा संसदीय व्यवस्था भएकाले राजनीतिक दलको विकल्प पनि राजनीतिक दल नै हुन् । कि त नयाँ इमानदार दल आउनुपर्‍यो कि त अहिलेका बेइमान दलहरू सुध्रिनुपर्‍यो । देश हाँक्ने मौका पाएका नेता र तिनका दलको त सुध्रिने छाँट छैन । पहिले इमानदार राजनीति गर्ने भनेर खुलेका पार्टी पनि कुर्सीकै राजनीति गर्न अग्रसर भएको देखिएकाले गर्दा नयाँ पार्टीहरूमा झट्ट विश्वास गर्ने अवस्था देखिएको छैन । कोभिड दौरान देखिएको “Enough is Enough” आन्दोलन संस्थागत गर्न चुकेकाले त्यस आन्दोलनको नेतृत्व पनि सशक्त हुने कुरामा शङ्कै छ । तथापि, पहिलेभन्दा फरक गर्न सक्ने मौका भने उनीहरूमा छ ।

नेपालमा अहिलेको जस्तो दलीय सोच हट्ला त ? असम्भव जस्तै देखिन्छ । तर दलमा आवद्ध भए पनि नभए पनि काम गर्न सक्ने मानिस छान्न भने नागरिकले चाहेको देखिन्छ । कुनै वादभन्दा पनि असहज परिस्थितिमा समेत भरोसा गर्न सक्ने नेतृत्व नागरिकले खोजेका छन् । खोजेजस्ता नेताहरू भेट्न गाह्रो होला तर केही प्रयास यही नै रहनेछ ।

भेडा

images

नेपालको चुनावी सन्दर्भमा “भेडा” शब्द एकदम प्रचलित छ । कुनै बेला सर्वमान्य नेता गणेशमान सिंहले “काठमाडौंंका जनता भेडा हुन्” भन्नुभएको थियो भन्ने सुन्दा सानामा रमाइलो लाग्थ्यो । प्रजातान्त्रिक शक्तिलाई नपत्याएको झोंक थियो सायद उहाँको ।

वैशाख ३१ गते पहिलो चरणको स्थानीय चुनाव सकियो । “भेडा” शब्द फेरि चर्चामा आयो । पहिलेजस्तो नेताको भाषणमा होइन, जनताको सामाजिक सञ्जालको भित्तामा ।

भेडा को हुन् ?

वर्तमान सन्दर्भमा भेडा भन्नाले कांग्रेस, एमाले, माओवादी लगायतका लामो समयसम्म शासन गरेका दलहरूलाई भोट हाल्ने जनता हुन् रे । नयाँ दलहरूलाई भोट हाल्ने (खासगरी काठमाडौंको सन्दर्भमा) चाहिँ भेडा होइनन् रे । मलाई यस्तै भनेका थिए एकजनाले फेसबुकमा । यसरी बुझ्दा मतदानमा सहभागी अधिकांश जनता (म सहित) भेडा हुन् ।

अर्को परिभाषा पनि भेटिन्छ यदाकदा । “राम्रा”लाई भन्दा “हाम्रा”लाई भोट हाल्ने पनि भेडा हुन् । यसमा मेरो विचार के छ भने नि “हाम्रा राम्रा” हरूलाई भोट दिनु सर्वोत्तम हो । तर “राम्रा” जति “हाम्रा” हुन् भन्ने ग्यारेन्टी नभएसम्म जनताले आफ्ना नजिकका (“हाम्रा”) लाई नै भोट हाल्छन् । एउटा उखान छ त, “टाढाको देउता भन्दा नजिकको भूत वेश” ।

पुरानाका विरुद्ध नयाँ

यहाँ नयाँको पनि अपव्याख्या भएको देख्दा छ्क्क पर्छु म त । भर्खर खुलेका दलहरू अनि युवाहरू नयाँ हुन् रे । नयाँ हुन त सोच पनि नयाँ हुनु पर्‍यो नि । तालिवानहरू युवा शक्तिका रूपमा अफगानिस्तानमा देखा परे । तर तिनले पुरातनवादी शरिया कानुनमा जोड दिए ।

नेपालमा भएका “नयाँ” दलहरूमा पनि नयाँपन छैन । बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीलाई नयाँ ठान्ने युवाहरू छन् यहाँ । भट्टराईको अध्यक्ष बन्ने सपनाको उपज थियो यो पार्टी । भयङ्कर ठूलो सभा गरेर पार्टी घोषणा गरे हाम्रा डाक्टरले । हजारौंले वर्ष दिन नपुग्दै पार्टी छाडे । बौद्धिकताको कदर भएन भन्दै थिए ।

दुई महिना अघि बीबीसी नेपालका पूर्वप्रमुख रवीन्द्र मिश्रले घोषणा गरेको तर दर्ता नभएको “साझा पार्टी” सामाजिक सञ्जालमा भाइरल बन्यो । युवाहरूलाई तान्यो पनि । कामनपाको मेयरमा पूर्वसचिवलाई उठायो । झट्ट हेर्दा उनी योग्य देखिए तर ब्यूरोक्रेटहरूलाई जनताले पत्याउने बेला भयो त ? हुन त सबैलाई एउटै कित्तामा हाल्नु ठीक नहोला तर देश बिग्रनुमा कर्मचारीहरूको असक्षमताको ठूलो हात छ भन्ने अधिकांश ठान्छन् । अनि साझा पार्टीको घोषणा अर्को एउटा पार्टी विवेकशीलको विरुद्धजस्तो पनि देखियो ।

विवेकशील-मैले अलि भिन्न होला भन्ने ठानेको दल । भिन्नता देखाएको पनि थियो । टायर बालेर गर्ने आन्दोलनलाई प्लेकार्ड बोकेर, हल्लाखल्लाको विरोध छाडेर मौन विरोध सिकाउने दल । म कति इम्प्रेस्ड भएको थिएँ । स्वास्थ क्षेत्रमा सुधार हुनुपर्ने माग राखेर डाक्टर गोविन्द केसीले अनसन बस्दा साथ दिने पहिलो दल पनि यही थियो । तर त्यही अनसन ताका मैले स्वास्थ सेवा लिन गएका हजारौंले दु:ख पाएको देखें । काठमाडौंका निम्न/मध्यम वर्गीय र बाहिरबाट उपचारका लागि आएका जनताले दु:ख पाउनु जायज हो त भन्ने प्रश्न गर्दा जायज हो भन्ने पनि भेटिए । विवेकशीलले त्यस बेला एउटा आयामबाट मात्रै हेर्यो भन्ने मेरो ठम्याई हो । तर उनीहरू भर्खर पार्टीका रूपमा आउँदै थिए अनि आन्दोलनको केन्द्रमा पनि थिएनन् । विवेकशील बारे मैले सोचेको पनि थिइन त्यो बेला ।

यसपाली चुनावमा काठमाडौं महानगरको मेयर पदमा २१ बर्षिय रन्जु न्यौपाने “दर्शना” लाई उम्मेदवार घोषणा गर्यो । उनको पहिलो अन्तर्वार्ता हेरिसकेपछि मलाई लाग्यो, “अरू कोही योग्य थिएनन् यो दलमा ?” अनि त्यसमाथि विवेकशीलको नारा, “काठमाडौंलाई फेरि सुन्दरमाडौं बनाउछौं” । काठमाडौं कहिल्यै पनि सुन्दरमाडौं थिएन । काठमाडौं काठमाडौं नै हो र काठमाडौं नै रहनुपर्छ । फेन्सीफुल शब्दको जालमा पार्न त पुरानाले नै जानेकै थिए त । नयाँ कसरी फरक भए ? सपना देखाउन त पुरानाले पनि देखाएकै थिए । गफकै राजनीति गर्ने भए नयाँ-पुरानामा नाम बाहेक अरू के फरक भयो त ?

नयाँ र पुरानामा खासै फरक रहेनछ भन्ने मलाई त्यो दिन थाहा भयो जुन दिन मैले मेयर उम्मेदवारले नसुहाउदो भाषण गरेको भिडियो हेरें । कति कृत्रिम र भद्दा थियो त्यो भाषण । विवेकशीलको मौन राजनीति तोडियो । गालीको राजनीति सुरु भयो । पुराना र नयाँ बिचको खाडल पुरियो । चुनाव अघिको मौन अवधिमा पनि हल्ला गर्न जब विवेकशील चुकेन, म हतास भएँ । नयाँ पनि पुराना जस्तै नै रैछन् । शक्तिमा नपुग्दै नियमको अपव्याख्या गर्न सक्ने दल शक्तिमा पुग्यो भने के होला ? मैले यही सोचेँ ।

पुराना दलमा सबै खराब नै छन् त ?

एमाले, कांग्रेस, माओवादीमा फटाहा मात्रै छन् भन्ने ठान्छन् टीनएजर्स । नयाँ पार्टीका भविस्य यिनै मा अडिएको छ । हो, माथि पुगेका मिडियामा सधैं देखिने केही नेता खराब छन् जसले इमान्दार मान्छेलाई छायामा पारेका छन् । युवाहरूले छायामा परेका त्यस्ता मान्छेलाई नदेख्नु नै नेपाली राजनीतिको मूल समस्या हो । तर स्थानीय तह जनताले “हाम्रा राम्रा” मान्छे चिनेका हुन्छन् । अपवाद छाडेर जनताले धेरैजसो सक्षम मान्छे नै छान्छ्न् स्थानीय तहमा । त राम्रा मान्छे चुन्ने जनता भेडा कसरी भए ? केही खराब नेतालाई देखाएर जनता नै भेडा हुन् भन्नू कतिको जायज कुरा हो ?

नयाँहरूले बुझ्नु पर्ने

मेयर, उपमेयर र केही वडा पदमा एकदुई जना उठाउँदैमा विकल्प भइँदैन । यदि नयाँ दलहरूले बनेको “नयाँ” शब्द व्याख्या एकछिन मान्ने हो भने दुईजना नयाँ आएर केही हुँदैन, १६० जना पुराना आएपछि (काठमाडौंको सन्दर्भमा) । अनि जनतालाई भेडा भन्दा त्यसो भन्न हुन्न नभन्ने गणेशमानका पाला देखिका र भर्खर टुसाएका नेताहरुमा त म पटक्कै फरक देख्दिन ।

सवारी

उहिले राजा-राणाहरू बग्गीमा हुइँकिँदै कतै गए भने सडकको दायाँ-बायाँ उभिएर मानिसहरू स्वागत गर्थे रे ।त्यस्तो सवारीमा हिँडिरहेका बटुवालाई उभिनु पर्ने बाध्यता हुँदैनथ्यो रे । स्वतस्फूर्त उनीहरू राजा-राणाको दर्शन गर्थे रे, आफूलाई भाग्यमानी ठान्थे रे । चाकरी गर्ने राम्रो मौका पनि त्यही हुँन्थ्यो रे । केही गरी तिनको नजरमा परियो भने त सन्तानको पनि जीवन उकासिन्थ्यो । चाकरी गरेर ठूलाबडा भएका मानिसका सन्तान अहिले पनि क्या ठाँटसँग हिँड्छन् ! भलै देशमा राणा मात्रै होइन, राजाको पनि शासन छैन ।

तर सवारीको परम्परा अहिले पनि ज्यूँदै छ । भन्नुहोला, “न राणा छन्, न राजा, न त बग्गी; सवारीको परम्परा कसरी चल्छ ?” म भन्छु- समय फेरिएको छ नि त ! बग्गीको ठाउँमा चिल्ला कार छन् । अनि राजा-राणाका ठाउँमा जनताका प्रतिनिधि । यस्तो फेरिएको समयमा पनि सवारीको चलन चलिरहेको छ । किनकी सवारी हाम्रो इतिहास हो, हाम्रो संस्कृति हो ।

“इतिहासमा भएका कतिपय विषय मेटिन्छ, परिवर्तन गरिन्छ । राजारानीका नाम भएका स्कुल, कलेज, युनिभर्सिटी, बाटाघाटा लगभग सबै फेरिए ।” फेरि भन्नुहोला, “संस्कृति पनि त परिवर्तन हुन्छ । हाम्रो देशको मौलिक गीत-सङ्गीत, नाच-गान, पहिरन र खानामा पनि त पश्चिमा प्रभाव परिसकेको छ । सवारीको चलन किन परिवर्तन किन नगर्ने ?”

म फेरि पनि भन्छु- सवारीजस्तो विशिष्ट संस्कार पनि छोड्ने चिज हो त ? सवारी त हाम्रो एकमात्र साँस्कृतिक धरोहर हो । भुइँचालोले गर्दा हाम्रो देशमा चारवटा धरहरा ढले । हज्जारौं मन्दिर भत्किए । पश्चिमा धर्मसंस्कृतिले हाम्रा संस्कार बदले तर सवारीको चलन हटाउन सकेनन् । सक्ने छैनन् पनि । किनकी सवारी र त्योसँग गाँसिएको चाकरी हाम्रो जीनमा छ ।

भन्नुहोला, “मेरो जीन त शुद्ध छ । चाकरीको नाम निशान छैन । त्यसैले म सवारीको विरोध गर्छु ।” म सम्झाउँछु- त्यस्ता कुराहरू घरभित्र मात्रै गर्नू । भन्नुहुन्छ, “किन ?” म केही बोल्दिन । बाटोतिर हेर्न इशारा गर्छु । बाटो अचानक सुनसान भएको छ । एउटा पनि गाडी छैनन् । डराउनु होला कसैले बन्द गर्‍यो कि भनेर । म पुलिसतिर इशारा गर्छु । कसैलाई अभद्र पाराले बाटोमा साइकल नचलाउन आदेश दिँदै छन् । अर्का प्रहरी अलि परको आकाशे पुलमा नचढ्नु भन्दैछन् । अनि अर्का चाहिँ बटुवालाई फुटपाथमा उभिन लाउँदैछन् ।

केही बेरमा साइरन बालेको एउटा मोटरसाइकल देखापर्छ । अनि आउँछन्, सुरक्षाकर्मीका गाडी, झण्डा फर्फराएको सरकारी गाडी अनि फेरि पुलिस गाडी । हामी नतमस्तक भएर हेर्छौँ । सोच्नुहुन्छ, “जनताका राष्ट्रपति-प्रधानमन्त्री राजा-राणा जसरी हिँड्न थाले ।” म सोच्छु- हाम्रा सन्त्तानले भन्लान्, “हाम्रा बाउबाजे स्वतस्फूर्त गणतन्त्रका मूर्तिको सवारीलाई स्वागत गर्थे ।”

Great Power, Greater Responsibilities

“I am not so sure. I had proven, as a very young man, that power was my weakness and my temptation. It is a curious thing, Harry, but perhaps those who are best suited to power are those who have never sought it. Those who, like you, have leadership thrust upon them, and take up the mantle because they must, and find to their own surprise that they wear it well.”                                                                                      (Albus Dumbledore in Harry Potter and the Deathly Hallows  by JK Rowling)

I had never thought of Harry Potter series as the one which consists of a sense of revolution at the core. When I had read it two years ago, I had forgotten to notice this and the last chapters of the last book had been lame to me. Now when I read it two years later, I see that Lord Voldemort was neither as powerful nor as clever as that mentioned in the earlier books of the series.

The series contains in its core the struggle for power. Where on this world there is no struggle for power? There are people, who to invoke fear among others, destroy the lives of thousands. They are feared all over and they overpower those who live. Such tyrants never get any respect. And among those who hate them, comes out a leader, who encourages the others to fight.

Harry Potter is one such leader, whose destiny had been changed by the murder of his parents. Voldemort- a tyrant and a fool, who had always seen people begging to him for their lives and kills everyone on his way for the fun of it, was affected by the willingness of Harry’s parents to die instead of their child. The boy unknowingly gets pulled into the struggle since.

The above quote is an important to understand the core of the series. It also carries the question of morality. How many humans have understood that having power might make them corrupt – that they are not worth it? Very few people had understood that. Mahatma Gandhi, for instance and in our case, Ganesh Maan Singh were able to understand the corrupting nature of the power they had to hold. We always think that they could have done better as the heads of each of their countries, but they understood somehow that they were not worth the power they would have. They believed that good leaders are those to whom leadership is thrusted, not those who go and seek for it.

Albus Dumbledore, once he realized that he would not do well with power, confined himself, helping the revolution against the power-seekers – Grindelwald and Voldemort. The above quote also reminds me of another character in the series, who evolves on his own into a leader- Neville Longbottom. He could have suffered the same fate as Harry, and could have been the hero in the story or would not have existed at all. By the end of the series, he gets the recognition as a leader of revolution against Voldemort. Not only that, he becomes worth of the Gryffindor’s sword- previously used by Harry and Ron Weasley – and destroys Nagini- the last horcrux.

The search for an able, worthy leader goes on in the real world, though. And one in a million, we can find such a leader. One who has the power over all, with a lot of respect and also with sense of responsibility towards all is the leader we want for the world. Even more for our Nepal. We need the one who understands these words quoted by Ben Parker to his nephew, Peter (Spiderman):

With great powers, come great responsibilities.

Powered by WordPress & Theme by Anders Norén