Tag: Politics

Good Bye, Dear 70s!

Nepal was in turmoil when the 70s began. The first constituent assembly (CA) had died at the hands of our “visionary leaders” and the chances of getting a constitution that would “transform everything” were bleak. The election for the second CA took place on Mangsir 4, 2070, but it could not deliver on its promise.

The work on constitution only took place after the Gorkha earthquake of Baishakh 12, 2072. The 7.8 moment magnitude disaster killed 8,964 and injured 21,952 people. Thousands of people were displaced from their homes. The government had to take help from the international community to look for the lost, rehabilitate the homeless, and reconstruct the damaged structures. The need for financial aid was probably one of the factors that made our leaders work quicker on the constitution.

We finally got our seventh constitution on Ashoj 3, 2072. Although it wasn’t accepted in all the parts of the country, it gave hopes that it would change lives. It positively changed the lives of some marginalized people. But it did not bring the transformations the leaders said it would bring. Except on their lives, of course!

Federalism became a way to manage leaders, and it has failed to ignite any hope on youths. Decades of political instability has killed our hopes of economic change and political revolution, and more youths are fleeing the country. Despite having a large number of youth, we are turning into a country of the elderly. This issue will be even more serious in the 80s.

The 80s is arriving at a time of economic regression. The revenues have decreased, and we are spending more that we can earn. The NRB is seeking investment on bonds, economic activities are dying, and the government has decided to cut off social security. However, the government, economists and mainstream media are lying on our faces. Although we are losing trust on our institutions, we neither have courage not interest in fighting them. We are running from our problems, instead.

I think the 80s will be the last decade to “make or break” for Nepal. It’s high time we address the real issues and start solving them instead of denying or turning away.

त्रि-चन्द्र

घण्टाघरपट्टिको त्रि-चन्द्र कलेजको भवन । पाँच वर्षअघि गुगलमा सर्च गर्दा भेटिएको यो फोटोमा कलेजको नाम मेटिएको छ ।

वि.सं. १९७५ भदौ १२ गते चन्द्र समशेरले त्रिभुवन-चन्द्र कलेजको उद्घाटन गरेका थिए । चन्द्र समशेरले “कलेज खोलेर मैले राणा शासनको चिहान खनेँ” भनेका थिए रे । राणा शासनको चिहान कलेजले खन्यो या उनी आफैंले लागू गरेको क्लास (राणाहरूको वर्गीकरण) ले भन्ने विश्लेषण इतिहासविद्हरूले गरेका होलान् तर (उच्च) शिक्षालाई समस्याका रूपमा देख्ने शासकहरूको दृष्टिकोण यसले प्रष्ट देखाउँछ ।

त्रि-चन्द्र कलेज बिरामी भएको धेरै भइसक्यो । पाँच वर्षअघि शताब्दी कविता लेख्दा नै घण्टाघरपट्टिको पुरानो बिल्डिंगको स्थिति खराब थियो । भित्ताहरू उप्किरहेका थिए, ठाउँठाउँमा पीपल उम्रेको थियो, छत चुहिन थालेको थियो । म आफैँ “यो त भूतघरजस्तो देखिन्छ” भनिरहन्थें साथीहरूसँग । भूकम्पपछि भूर्गभशास्त्रको प्रयोगशाला बन्द भएको थियो । अझसम्म प्रयोगात्मक कक्षा राम्रोसँग संचालन भएका छैनन् । मस्जिदपट्टिको खण्ड पहिले नै जीर्ण थियो । अहिले भत्किएको छ । भूकम्पको बारेमा पढ्ने पढाउने, इन्जिनियरिङ संरचना भूकम्प थेग्न सक्ने हुनुपर्छ भन्ने विज्ञहरू भएकै ठाउँमा सात वर्षसम्म पनि सुधार नहुनु ठूलो विडम्बना हो । वैज्ञानिक र विज्ञलाई त्यसै त नपत्याइने हाम्रो समाजमा यसले दिने नकारात्मक सन्देशका बारेमा भनिरहनु नपर्ला ।

त्रि-चन्द्र कलेज सधैं राजनीतिको केन्द्रमा रहँदै आएको छ । राजदरबार र सिंहदारबार नजिकै भएकाले पनि होला । तर यो कलेजले राजनीतिमा खेल्न सक्ने भूमिका चन्द्र समशेरले नै अनुमान गरेको देखिन्छ । राणाविरोधी आन्दोलनदेखि गणतन्त्रको आवाजसम्म त्रि-चन्द्र कलेजका विद्यार्थीको भूमिका छ । “यी राजनीतिक परिवर्तनले समाजलाई के फाइदा भयो र ?” भन्नुहुन्छ भने यसरी प्रश्न सोध्ने अधिकार दिलाउने आन्दोलन यिनै हुन् ।

तर राजनीती नै त्रि-चन्द्र कलेजको अभिशाप हो । यही कलेजमा प्रजातन्त्र, गणतन्त्र र स्वतन्त्रताका आवाज उठाउँदै सत्तामा पुगेकाहरू सायद अब त्यस्तो आवाज दबाउन चाहन्छन् । त्रि-चन्द्रको उत्थानमा आफ्नो राजनीतिको चिहान देख्छन् सायद उनीहरू । नत्र सात वर्षसम्म शिक्षा र राजनीतिको बनेको ठाउँ किन बेवास्तामा पर्‍थ्यो ?

त्रि-चन्द्र बचाउनका लागि फेरि पनि विद्यार्थीहरू सडकमा उत्रनु पर्‍यो । यसले बेस्सरी पोल्यो मलाई । यतिका वर्ष आफूले शिक्षा लिएको ठाउँ कसरी बिर्सेँ ? लेखहरू लेख्न किन छाडेँ ? #SaveTrichandra अभियानमा स्वर मिलाउन किन सकिनँ ?

यो कलेज सरकारको दायित्वमा पर्छ या विश्वविद्यालयको दायित्वमा पर्छ थाहा छैन । तर यसप्रति विद्यार्थीको दायित्व पक्का छ । पैसा उठाएर हुन्छ कि प्राविधिक सहयोग गरेर हुन्छ वा नेताहरूलाई निद्राबाट ब्युझाएर हुन्छ, लौ न केही गरौँ ! शिक्षाको ऐतिहासिक धरोहरलाई मासिन रोकौं । केही त गरौं !

***You can read the English version of this article here.***

घनचक्कर: भुल्भुलैया र भविस्यवाणी

“घनचक्कर” उपन्यास विशाल मिलन केन्द्र, चण्डोलले आयोजना गरेको एउटा प्रतियोगितामा पुरस्कारका रूपमा पाएको थिएँ । पन्ध्र वर्षको उमेर, उपन्यास पढ्ने तीव्र हुटहुटी ! नयाँ किताब समाएपछि बिहानदेखि साँझसम्म नबिसाई पढिसकेको थिएँ । सकिँदासम्म उपन्यासको ‘म’ पात्र सँगसँगै आफू पनि पागल त भइनँ जस्तो लागेको थियो । उपन्यासका राजनीतिक विषय केही बुझे पनि गहिराईमा चाहिँ पुग्न सकेको थिइनँ ।

त्यस यता एसएलसी, बाह्र र ब्याचलर पास गरिसकेपछि “घनचक्कर” पढेको थिएँ । प्रत्येक चोटि नयाँ अनुभव भएको थियो । नयाँ रहस्य खुलेका थिए । देशका घनचक्करहरू अलि बढी बुझ्दै गएर होला ।
मास्टर्स पढ्न कीर्तिपुर भर्ना भएदेखि नै “घनचक्कर” फेरि पढ्ने अनि समीक्षा लेख्ने इच्छा थियो । दरबारमार्ग, शहीदगेट, कालीमाटी, बल्खु हुँदै कीर्तिपुर पुग्दा कयौंपटक उपन्यासका दृश्यहरू आँखामा नाच्थे । बाटामा पुलिसहरू देख्दा घनचक्करको ‘म’ पात्र जस्तै कति पटक झस्केको छु । विश्वविद्यालय र देशको राजनीतिका भुलभुलैयामा रुमल्लिएको अनुभव गरेको छु । त्यसैले होला पढ्ने इच्छा भए पनि यो उपन्यास पढ्न भने डर लाग्थ्यो ।

यसपालि “घनचक्कर”पढ्दा केही भविष्यवाणीलाई ध्यान दिएँ । टावरहरूको पतन र उत्थानको प्रसङ्ग पहिले पनि याद गरेको हो । सत्तामा रहनेले टावरको निर्माणलाई अतिशय महत्त्व दिएको भएर त होला पहाडका टाकुरा र तराईका फाँटमा भ्यू टावर बनाउने ट्रेन्ड चलेको, नयाँ बनेको धरहरालाई ऐतिहासिक भीमसेन स्तम्भ नै पुनःनिर्माण गरेझैं प्रचार भएको ।
टावरहरू जबजब निरङ्कुशताका प्रतीक बनेका छन् तबतब कोही नायक जन्मिएको छ ती टावर ढाल्न । तथापि ती नायक कतै गुमनाम भएका छन् या त प्याजका डल्लामा परिणत भएका छ्न् । यिनमा मानवीय संवेदना नै छैन । आशा गरेका नेताहरूले निराश बनाएका छन् । निरङ्कुशतन्त्रको विरोध गर्नेहरू आफैं निरङ्कुश बनेका छन्, गुच्चा खेलेझैं राजनीति गरेका छन्, शक्ति संघर्षको घनचक्करमा नराम्ररी फसेका छन्, जनतालाई भ्रमको जालोमा फसाएका छन् । यस्तो संघर्षको बीचमा हर कोही धेरथोर पागल भएको छैन र ?

यस बाहेक आफ्नो जीवीकाका लागि गर्नुपर्ने दु:ख, काम र आरामका विरोधाभासमा परेर पनि मानिस घनचक्करमा परेको छ । प्रजातन्त्र र स्वतन्त्रताका आन्दोलन, आन्दोलनका उद्देश्य विपरितका गतिविधि, निरङ्कुशता अनि फेरि प्रजातन्त्रका लागि हुने संघर्ष एउटा यस्तो चक्कर हो जसबाट उम्कन प्रत्येक नागरिक प्रत्येक पल सचेत हुन जरुरी छ । घनचक्करसँग जुध्नु नै यसबाट उम्कने मुख्य उपाय हो भनेर आशावादी विचारमा उपन्यास सकिएको छ ।

यद्यपि देशमा शक्ति संघर्षका घनचक्कर चलिरहेकै छ । सञ्जीव उप्रेती सर उपन्यासको म पात्रझैं आशावादी भएर लोकतन्त्र र निरन्तर पक्षमा उभिनुभएको छ । मलाई नेपाली राजनीति बुझ्न सहयोग गरेको “घनचक्कर” आज पनि उत्तिकै सान्दर्भिक छ । कहिलेकाहीँ लाग्छ, यसमा भएका भविस्यवाणी असत्य भइदिए ! तर शक्ति संघर्ष मानवीय गुण नै हो । त्यसै यो घनचक्कर कहाँ अन्त्य हुन्छ र ?

भेडा

images

नेपालको चुनावी सन्दर्भमा “भेडा” शब्द एकदम प्रचलित छ । कुनै बेला सर्वमान्य नेता गणेशमान सिंहले “काठमाडौंंका जनता भेडा हुन्” भन्नुभएको थियो भन्ने सुन्दा सानामा रमाइलो लाग्थ्यो । प्रजातान्त्रिक शक्तिलाई नपत्याएको झोंक थियो सायद उहाँको ।

वैशाख ३१ गते पहिलो चरणको स्थानीय चुनाव सकियो । “भेडा” शब्द फेरि चर्चामा आयो । पहिलेजस्तो नेताको भाषणमा होइन, जनताको सामाजिक सञ्जालको भित्तामा ।

भेडा को हुन् ?

वर्तमान सन्दर्भमा भेडा भन्नाले कांग्रेस, एमाले, माओवादी लगायतका लामो समयसम्म शासन गरेका दलहरूलाई भोट हाल्ने जनता हुन् रे । नयाँ दलहरूलाई भोट हाल्ने (खासगरी काठमाडौंको सन्दर्भमा) चाहिँ भेडा होइनन् रे । मलाई यस्तै भनेका थिए एकजनाले फेसबुकमा । यसरी बुझ्दा मतदानमा सहभागी अधिकांश जनता (म सहित) भेडा हुन् ।

अर्को परिभाषा पनि भेटिन्छ यदाकदा । “राम्रा”लाई भन्दा “हाम्रा”लाई भोट हाल्ने पनि भेडा हुन् । यसमा मेरो विचार के छ भने नि “हाम्रा राम्रा” हरूलाई भोट दिनु सर्वोत्तम हो । तर “राम्रा” जति “हाम्रा” हुन् भन्ने ग्यारेन्टी नभएसम्म जनताले आफ्ना नजिकका (“हाम्रा”) लाई नै भोट हाल्छन् । एउटा उखान छ त, “टाढाको देउता भन्दा नजिकको भूत वेश” ।

पुरानाका विरुद्ध नयाँ

यहाँ नयाँको पनि अपव्याख्या भएको देख्दा छ्क्क पर्छु म त । भर्खर खुलेका दलहरू अनि युवाहरू नयाँ हुन् रे । नयाँ हुन त सोच पनि नयाँ हुनु पर्‍यो नि । तालिवानहरू युवा शक्तिका रूपमा अफगानिस्तानमा देखा परे । तर तिनले पुरातनवादी शरिया कानुनमा जोड दिए ।

नेपालमा भएका “नयाँ” दलहरूमा पनि नयाँपन छैन । बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीलाई नयाँ ठान्ने युवाहरू छन् यहाँ । भट्टराईको अध्यक्ष बन्ने सपनाको उपज थियो यो पार्टी । भयङ्कर ठूलो सभा गरेर पार्टी घोषणा गरे हाम्रा डाक्टरले । हजारौंले वर्ष दिन नपुग्दै पार्टी छाडे । बौद्धिकताको कदर भएन भन्दै थिए ।

दुई महिना अघि बीबीसी नेपालका पूर्वप्रमुख रवीन्द्र मिश्रले घोषणा गरेको तर दर्ता नभएको “साझा पार्टी” सामाजिक सञ्जालमा भाइरल बन्यो । युवाहरूलाई तान्यो पनि । कामनपाको मेयरमा पूर्वसचिवलाई उठायो । झट्ट हेर्दा उनी योग्य देखिए तर ब्यूरोक्रेटहरूलाई जनताले पत्याउने बेला भयो त ? हुन त सबैलाई एउटै कित्तामा हाल्नु ठीक नहोला तर देश बिग्रनुमा कर्मचारीहरूको असक्षमताको ठूलो हात छ भन्ने अधिकांश ठान्छन् । अनि साझा पार्टीको घोषणा अर्को एउटा पार्टी विवेकशीलको विरुद्धजस्तो पनि देखियो ।

विवेकशील-मैले अलि भिन्न होला भन्ने ठानेको दल । भिन्नता देखाएको पनि थियो । टायर बालेर गर्ने आन्दोलनलाई प्लेकार्ड बोकेर, हल्लाखल्लाको विरोध छाडेर मौन विरोध सिकाउने दल । म कति इम्प्रेस्ड भएको थिएँ । स्वास्थ क्षेत्रमा सुधार हुनुपर्ने माग राखेर डाक्टर गोविन्द केसीले अनसन बस्दा साथ दिने पहिलो दल पनि यही थियो । तर त्यही अनसन ताका मैले स्वास्थ सेवा लिन गएका हजारौंले दु:ख पाएको देखें । काठमाडौंका निम्न/मध्यम वर्गीय र बाहिरबाट उपचारका लागि आएका जनताले दु:ख पाउनु जायज हो त भन्ने प्रश्न गर्दा जायज हो भन्ने पनि भेटिए । विवेकशीलले त्यस बेला एउटा आयामबाट मात्रै हेर्यो भन्ने मेरो ठम्याई हो । तर उनीहरू भर्खर पार्टीका रूपमा आउँदै थिए अनि आन्दोलनको केन्द्रमा पनि थिएनन् । विवेकशील बारे मैले सोचेको पनि थिइन त्यो बेला ।

यसपाली चुनावमा काठमाडौं महानगरको मेयर पदमा २१ बर्षिय रन्जु न्यौपाने “दर्शना” लाई उम्मेदवार घोषणा गर्यो । उनको पहिलो अन्तर्वार्ता हेरिसकेपछि मलाई लाग्यो, “अरू कोही योग्य थिएनन् यो दलमा ?” अनि त्यसमाथि विवेकशीलको नारा, “काठमाडौंलाई फेरि सुन्दरमाडौं बनाउछौं” । काठमाडौं कहिल्यै पनि सुन्दरमाडौं थिएन । काठमाडौं काठमाडौं नै हो र काठमाडौं नै रहनुपर्छ । फेन्सीफुल शब्दको जालमा पार्न त पुरानाले नै जानेकै थिए त । नयाँ कसरी फरक भए ? सपना देखाउन त पुरानाले पनि देखाएकै थिए । गफकै राजनीति गर्ने भए नयाँ-पुरानामा नाम बाहेक अरू के फरक भयो त ?

नयाँ र पुरानामा खासै फरक रहेनछ भन्ने मलाई त्यो दिन थाहा भयो जुन दिन मैले मेयर उम्मेदवारले नसुहाउदो भाषण गरेको भिडियो हेरें । कति कृत्रिम र भद्दा थियो त्यो भाषण । विवेकशीलको मौन राजनीति तोडियो । गालीको राजनीति सुरु भयो । पुराना र नयाँ बिचको खाडल पुरियो । चुनाव अघिको मौन अवधिमा पनि हल्ला गर्न जब विवेकशील चुकेन, म हतास भएँ । नयाँ पनि पुराना जस्तै नै रैछन् । शक्तिमा नपुग्दै नियमको अपव्याख्या गर्न सक्ने दल शक्तिमा पुग्यो भने के होला ? मैले यही सोचेँ ।

पुराना दलमा सबै खराब नै छन् त ?

एमाले, कांग्रेस, माओवादीमा फटाहा मात्रै छन् भन्ने ठान्छन् टीनएजर्स । नयाँ पार्टीका भविस्य यिनै मा अडिएको छ । हो, माथि पुगेका मिडियामा सधैं देखिने केही नेता खराब छन् जसले इमान्दार मान्छेलाई छायामा पारेका छन् । युवाहरूले छायामा परेका त्यस्ता मान्छेलाई नदेख्नु नै नेपाली राजनीतिको मूल समस्या हो । तर स्थानीय तह जनताले “हाम्रा राम्रा” मान्छे चिनेका हुन्छन् । अपवाद छाडेर जनताले धेरैजसो सक्षम मान्छे नै छान्छ्न् स्थानीय तहमा । त राम्रा मान्छे चुन्ने जनता भेडा कसरी भए ? केही खराब नेतालाई देखाएर जनता नै भेडा हुन् भन्नू कतिको जायज कुरा हो ?

नयाँहरूले बुझ्नु पर्ने

मेयर, उपमेयर र केही वडा पदमा एकदुई जना उठाउँदैमा विकल्प भइँदैन । यदि नयाँ दलहरूले बनेको “नयाँ” शब्द व्याख्या एकछिन मान्ने हो भने दुईजना नयाँ आएर केही हुँदैन, १६० जना पुराना आएपछि (काठमाडौंको सन्दर्भमा) । अनि जनतालाई भेडा भन्दा त्यसो भन्न हुन्न नभन्ने गणेशमानका पाला देखिका र भर्खर टुसाएका नेताहरुमा त म पटक्कै फरक देख्दिन ।

​An Open Letter to the Members of the Parliament and the Executive

Dear MPs, Prime Minister and Ministers,

I have written this letter on the occasion of Earthquake Safety Day to the most powerful and also the most responsible people of this country (each one of you) to remind you on an important matter related to the victims of the 2072 earthquake. Honestly, I don’t know if you think it’s important. I don’t even think I should tell you anything on this matter but I could not stop myself.

We (that includes you as well) all suffered the problems that came up after the earthquake on Baishakh 12, 2072. Some suffered more because they lived in the rural parts of the country. They lost their shelters, and relatives but they had not lost hopes. We believed we had a guardian. Poor, yes, but a guardian nonetheless, who would help us in making our homes as quickly as possible.

We had not known, however that our guardian did not feel our pains. How would you? You are living in air-conditioned houses and workplaces, you travel in air-conditioned vehicles. You have forgotten the cold we have to face every moment. You can never feel our sufferings.

However you may be: capable or incapable, rich or poor, we are dependent upon you. You have made us so by your political tricks and corruption. Some of the victims have money. They can build our homes and have built their homes. Some have not been able to build homes because you said, “You must build earthquake resistant homes for the safety of your future.” They agreed. They hoped you would provide them with technically skilled human resource or at least train us. They don’t understand what models of houses are earthquake resistant. You did not train them.

Most of the victims do not have a morsel to eat. Constructing a house is not possible without financial aid. You have set up a Commission for Reconstruction but you discuss over the Head of the commission. You do dirty politics in their name while the cold makes them shiver, suffer and suffocate. Children and elderlies have died with cold while you took time just to make mere regulations.

suntali

An integrated colony built by Dhurmus-Suntali Foundation at Giranchaur. Source: nepalaaja.com

You haven’t taken care of the victims who are close to the capital. I don’t expect you will do much for those in the rural.  But you’ve given word that you will look after us. One who cannot keep his word is not a man. However, noble hearts have done a lot without promising anything. You must have felt ashamed by what Dhurmus-Suntali have given for the victims: a beam of hope, a community to live with and a path for future. If all of you did a percentage of what Dhurmus-Suntali have done, their lives would have been five hundred percent better than what it is today.

The earthquake victims have been through a lot of troubles. I know you are busy in your power politics but I want you to manage some time supporting them, healing their wounds.

May the earthquake victims bless you for your future endeavors!

Ankit Dhakal “Sandeept”

Political Awareness among Nepalese

In about 70 years, Nepal has seen different political systems. Until 2007 B.S., the Ranas ruled autocratically. For the next ten years, Nepal saw multi-party democratic system and then two decades of direct rule of the Monarch known as the Panchayat System. The next decade saw a reformed Panchayat. Within ten years, in 2047 B.S., multi-party democracy was re-established. In 2052 B.S., CPN-Maoist began an armed revolution. The revolution came to an end and Nepal saw Republican system of Government. These political changes have contributed in the political awareness among a huge mass of Nepalese.

As I listened to debates my friends made this Saturday and Sunday, I came to know the historical contexts of several movements all around the world. I have listened many different kinds of views. I have come to know how they present their views. I have seen the points at which they agree and debates on things they differ on. The knowledge they have on the politics of Nepal and the world is praiseworthy.

However, people not involved in political parties will dislike the ideas in which they praise only their parties. While just praising the parties they have faith upon, they ignore the mistakes the parties have made. That can be irritating at times. Debates can help solve problems, too. I expect I can see someone among my friends who will be famous in the political front. I expect a positive change soon.

(From Masyam, Palpa)

नाकाबन्दी : हाम्रो अर्थतन्त्रको साँचो तस्विर

“रेमिट्यान्सले हाम्रो अर्थतन्त्र कहिले सम्म धान्ला ?” कसैले कहीं लेखेका थिए |

हाम्रो अर्थतन्त्रको तितो सत्य यसपालीको नाकाबन्दीमा प्रत्यक्ष भएको छ | नाकाबन्दी पछाडि अनेकौं राजनीतिक (वा गैरराजनितिक) र कुटनीतिक कारण होलान | जे भए पनि हाम्रो अर्थतन्त्रमा रहेको कमजोरी छताछुल्ल भएर पोखिएको छ |

आर्थिक नाकाबन्दीहरू हाम्रा लागि नौला होइनन् रे – विज्ञ र मिडिया त्यसै भन्छन् | भारतले सन् ६० को दशकको अन्त्यतिर नाकाबन्दी गर्दा मेरा हजुरबुबा-हजुरआमा आफ्नो जीवनको बीसौं बर्समा हुनुहुन्थ्यो |  सन् ८० को अन्त्यतिर भारतले नै गरेको नाकाबन्दीको दौरान मेरा बुबाआमा लगभग बीस बर्षको हुनहुन्थ्यो | तेस्रो पटक नाकाबन्दी भैरहँदा म बीस वर्षको छु | कस्तो अच्चमको संयोग रहेछ ! तर म यसलाई संयोग भन्न चाहन्न | यो हाम्रो राजनीति र अर्थनीतिको असफलता हो |

यो असफलताको लागि अघिल्लो पुस्ता पनि केही हदसम्म जिम्मेवार छ | मेरा हजुरबुबाको पुस्ताको दोष देखाएँ भने अन्याय हुनेछ | उहाँहरूसँग शिक्षा र संचारको पहुँच थिएन | त्यतिबेला सायद नाकाबन्दीले धेरै ठूलो प्रभाव पनि पारेको थिएन | मेरा बुबाआमाले भने शिक्षा पाउनु भएको थियो | संचार मध्यमहरु त्यस समय सिमित थिए तर २०४५ सालको त्यो नाकाबन्दी बारे अवस्य सुन्नु भएको थियो र त्यसको प्रभाव केहि हदसम्म महसुस गर्नुभएको थियो – त्यसबेला सरकारले कुपन मार्फत मट्टीतेल वितरण गरेको थियो रे |

अघिल्लो साता उहाँहरूले ०४५ सालको नाकाबन्दीको कुरा गर्दै गर्दा सोधें, “हजुरहरुले त्यसबेला र अहिले को परिस्थिति बदल्न किन कोसिस गर्न सक्नु भएन ?” उहाँहरूले जवाफ दिनु भएन | सायद उहाँहरुसँग कुनै उत्तर नै थिएन | मेरो प्रश्नले सायद उहाँहरुलाई लज्जित बनायो | यदि मेरा सन्तानले भविष्यमा त्यस्तै प्रश्न गरे भने म त लाजले भुतुक्कै हुन्छु | मलाई मेरा सन्तानले त्यही प्रश्न नगरुन भन्ने म चाहन्छु | के गर्न सक्छु त म ?

केही समय सोचेपछि केहि जवाफ आए | हाम्रो अर्थतन्त्र खस्किनाका कारण र तिनको समाधानका लागि केही उपाय मनमा आए | तर एक्लो प्रयासले त केही हुँदैन |

अहिले हाम्रो अर्थतन्त्र रेमिट्यान्सले थेगेको छ | युवाहरु परदेश जान्छन्, उता बाट श्रम बेचेर पैसा पठाउँछन् अनि हामी यहाँ पनि सरि त्यो पैसा बगाउँछौँ  | तर पैसाले मात्रै अर्थतन्त्र बलियो नहुँदो रहेछ  | अरु पनि महत्वपूर्ण तत्वहरू रहेछन् |

पहिलो हो, नीति | हामी सँग आर्थिक उन्नतिका लागि गतिला नीतिको अभाव छ | विगतमा बनेका नीतिहरू पनि राम्ररी कार्यन्वयन भएका छैनन् | राजनीतिक अस्थिरता र भ्रस्टाचारको प्रतक्ष्य प्रभाव हो यो | विकास नीति बनाउनेहरू सरकार परिवर्तनले प्रभावित भएका छन् | अझ पछी आउने सरकारले अघिल्लो सरकारका नीति र कार्यक्रमलाई पूरै बेवास्ता गर्नु नै हाम्रो अधोगतिको सुरुवात थियो | सरकारमा रहेकाहरूले आफ्नो सोच र कर्मलाई परिवर्तन गर्नु पर्ने आवस्यकता देख्दछु म |

Fuel Crisis hits Nepal due to Economic blockade. Source: econitynepal.com

दोश्रो हो, उद्योग | पृथ्वीनारायणले १८३१ मै आफ्नो देशभित्र उद्योगलाई प्रोत्साहन गर्नु भनेका थिए र खाद्यान्न एवम् लत्ताकपडा कहिले पनि निर्यात नगर्नु भनेका थिए | उनि पछिका शासक र नेताहरुले त्यति बुझ्न सकेको भए हामी खाद्यान्न एवम् लत्ताकपडामा आत्मनिर्भर हुनेथियौं | तर राजनीतिक अस्थिरताले हामी असफल भयौं | सरकारी व्यवस्थापनमा रहेका लगभग सबै उद्योगहरु धरासायी भएका छन् ! व्यवस्थापनको यो कमजोरीले हामीलाई भारी पीडा दिएको छ |

तेस्रो हो स्वामित्व | उद्योग व्यवस्थापनमा सरकारी कमजोरीको उदाहरण माथि प्रस्तुत भैसकेको छ | अब लामो समय उद्योग चलाउने हो भने सर्वसाधारणले पनि ती प्रति आत्मीयता देखाउनु पर्ने जरुरी देखिन्छ | उद्योगहरुलाई सार्बजनिक संस्थान बनाउनु पर्छा | यसले सर्वसाधारण र उद्योग बीच आर्थिक एवम् भावनात्मक सम्बन्ध बनाउने छ |

चौथो हो, मानब संसाधन र यसको सही उपयोग | हामी सँग शिप नभएको होइन, न त हामी अल्छी हौँ | यहाँ केही नगर्ने या गर्न नचाहने नेपालीले पनि खाडीमा श्रम बेचेर, ज्यानलाई हत्केलामा राखेर मिहिनेतका साथ कमाएका छन् | सरकारले नै प्रत्यक्ष  अप्रत्यक्षरूपमा वैदेशिक रोजगारीलाई प्रोत्साहन गरे जस्तो लाग्छ कहिले त | विदेशमा सिकेका शिपको सहि उपयोग हुन सके त त्यो पनि राम्रो हुन्थ्यो | तर विडम्बना, विदेशबाट फर्किएकाहरु यहाँ काम गर्न चाहँदैनन्, चाहे  सरकारी बेवास्ता को कारणले होस् या आफ्नै अनिक्षा का कारणले होस् | उनीहरू फेरी विदेश नै पुग्छन् | यहाँ त दक्ष जनशक्तिलाई पनि ध्यान दिइएको छैन | दक्ष जनशक्तिको पलायन हाम्रो ठूलो समस्या भैसकेको छ | यी  समस्याको  समाधान हाम्रो हातमा छ | हामीले सक्षम नेतृत्व छान्न सक्नु पर्छ | धेरै खराब नेताहरूको बीचबाट असल नेतृत्व खोज्न एकदम गाह्रो छ | तर त्यो चुनौती स्वीकार्न पर्छ, यदि हाम्रो भविष्य सुनिश्चित गर्ने हो भने |

पाचौं हो, प्राकृतिक स्रोतको उपयोग | हामीसँग साहसी पदमार्गहरु छन् | हामीसँग भएको पानीले उर्जा उत्पादन गर्न र सिचाई गर्न पुग्छ | हाम्रो देशमा भएका जैविक विविधताको उपयोग हामी गर्न सक्छौं | आयुर्वेदले उत्तम मानेका वनस्पतिको उपयोग गरेर हामी सम्वृद्धिको पथमा अघि बढ्न सक्छौं | खनिज पदार्थको उपयोग गर्न सकिन्छ | यी सब सक्षम नेतृत्व र व्यवस्थापनबाट सम्भव छ |

यी सबै एकसाथ अघि बढाउन सकियो भने हाम्रो अर्थतन्त्र बलियो नहुने कुरै छैन | हामीलाई आर्थिक वृद्धिको सपना धेरै पटक बाँडिएको छ | अब हामीलाई त्यस तर्फ बढ्न प्रेरित गर्ने नेतृत्व चाहिएको छ | प्रथमतः हामी आफैले आफ्ना कामहरू इमान्दार भएर पूरा गर्नु पर्छा | इन्टरनेटमा लेख लेखेर मात्र त केही नहोला तर यसले मलाई र म वरिपरिका व्यक्तिलाई प्रेरित गर्न सक्यो भने मात्र पनि केहि परिवर्तन अवश्य हुनेछ | हामीले आपसमा इमान्दारिता देखाउने बेला पनि आइसकेको छ | हामी आफ्नो सन्ततिका लागि असल भविष्य चाहन्छौं, होइन र ?

(हाम्रो अर्थतन्त्र  सुधार्ने  अरु  उपाय पनि होलान / कृपया कम्मेन्ट गर्नु होला  /)

माननीय सभासद्ज्यूहरुलाई खुलापत्र

संविधान सभामार्फत  भोलि (आश्विन ३, २०७२) संविधान जारी हुँदैछ | यसै अवसरमा यो खुलापत्र लेखिएको छ |

माननीय सभासद्ज्यूहरु,

नेपालको संविधान, २०७२ संविधान सभामार्फत बहुमतले पारित भएकोमा बधाई दिन चाहन्छु | दोस्रो संविधान सभाको चुनाब भएको ठीक २२ महिनाको अन्तरालमा यो संविधान आएको छ | वैशाख १२ मा भूकम्पको झट्काले नबिउँझाएको भए सायद अहिले पनि संविधान आउने थिएन भन्ने कुरामा मा विश्वस्त छु | त्यो भूकम्प सायद हाम्रो लागि बरदान बनेर आयो | यद्यपि, यो पुराना कुराहरु कोट्याउने समय होइन, यो त हर्षोल्लासको समय हो – संविधान जारी भएको अवसरमा |

तर हर्षोल्लासको माहोल अझै बनिसकेको छैन | मैले पहिले नै भनेसकें – यो बहुमत नेपालीले स्वीकारेको संविधान हो | फेरी दोहोराउन चाहन्छु – “बहुमत” किनकी अधिकांश तराई/मधेसका नेपालीहरुले यो संविधानलाई अपनाउन चाहेका छैनन् | उनीहरुलाई तीन ठूला राजनीतिक दलहरुले बहुमतको तुजुक देखाएर एउटा यस्तो पुस्तक तयार पारिएको भन भएको छ, जसलाई उनीहरुले “संविधान” मान्नु पर्नेछ | यस्तो गहन समस्या देखिनामा यहाँहरुको दोष देखिन्छ |

“मधेश”को प्रतिनिधित्व गर्ने यहाँहरुमध्ये केहीले संविधान निर्माणको प्रक्रियाबाट हात झिक्नुभयो | मधेसमा गएर एउटा आन्दोलनको सुरुवात गर्नुभयो, जुन अप्रत्यासित रुपमा हिंस्रक बन्न पुग्यो | यद्यपि तपाईंहरुले हिंसा भएको स्विकार्नु भएन (आज सम्म स्विकार्नु भएको छैन) | ठूला राजनीतिक दलहरुले बनाएको कार्यपालिकाले र तपाईंहरु दुवै पक्षले तराईका जिल्लाहरुमा हिंसालाई प्रोत्साहन गर्नु भयो | अनि तपाईंहरु पनि संविधान निर्माण प्रक्रियामा फर्केर जानु भएन | यसो गरेर तपाईंहरुले जनताले दिएको भोटलाई अस्वीकार र अनादर गर्नुभएको छ | एउटा सुवर्ण अवसर बाट चुक्नु भएको छ |

तीन “ठूला” दलका प्रतिनिधिहरु भने कटिबद्ध भएर लग्नु भएको देखियो, जुन असाध्यै राम्रो पक्ष थियो | तर पचासौं तराईवासीको जीवन गयो यो संविधान जारी हुनु अघि | मधेशी नेताहरुलाई सहमतिमा ल्याउन तपाईंहरुले कोसिस गर्नुपर्थ्यो | संविधान बनाउने काम सगरमाथा चढेको भन्दा पनि गाह्रो छ – मैले बुझेको छु | तर बहुमतको साटो सर्वसम्मत संविधान आएको भए संविधान अनि खुसियालीको अर्थ पनि बढ्ने थियो |

अन्ततः संविधान बनाएर विकास निर्माणको मार्गनिर्देश गर्नुभएकोमा कृतज्ञ छु | यो संविधान जारी भएपछि नेपालले सम्मुनातिको मार्गमा छलांग मार्नेछ भन्ने आशा राख्दछु | भूकम्पले ध्वस्त बनाएका संरचना पुनर्निर्माण हुनेछन् र नयाँ संरचनाको निर्माणमा पनि सबैको ध्यान जानेछ भन्ने कामना गर्दछु | यहाँहरुलाई म फेरि पनि बधाई दिन चाहन्छु र भगवान पशुपतिनाथ नाथ (मैले कसैको धार्मिक आस्थामा चोट पुर्याएँ कि ? राष्ट्र धर्म निरपेक्ष भनेर घोषणा भैसकेको छ !) सँग हामी सबै सुरक्षित र खुशी रहन सकौं भनि प्रार्थना गर्दछु |

अंकित ढकाल “सन्दीप्त” सम्पूर्ण शान्तिप्रिय नेपालीको प्रतिनिधित्व गर्दै

(नोट: बैशाख १२ को भूकम्पको बारेमा केही पहिले अंग्रेजीमा एउटा लेख लेखेको थिएँ | त्यो लेख पढ्न यहाँ क्लिक गर्नुहोला |)

An Open Letter to Honourable CA Members

The constituent assembly (CA) is going to promulgate the Constitution of Nepal, 2072 tomorrow(Ashwin 3, 2072) at 5 P.M. This is an open letter to the CA members.

Honourable CA members,

I want to congratulate you all for being able to draft a constitution acceptable to the majority of Nepalese. It took almost 22 months since the election for the second constituent assembly for the drafting. Had the earthquake not struck on that fateful day of Baishakh 12, I am sure the constitution would not have been drafted by now. It seems as though the earthquake had come as blessing in disguise. Anyway, this is not the right time and place to discuss on the earthquake. This is a time of celebration. Celebration of the promulgation of People’s Constitution.

There is not a perfect mood for celebration, however. As I have already said, the majority of Nepalese have accepted the constitution. I, repeat, “majority” because the most Nepalese from the Terai/Madhesh are still not willing to accept it as their constitution. They have the impression that the three large political parties have used their power of majority to draft this book, which they have to call a “constitution”. You all are to be blamed on this.

Some of you representing “Madhesh” decided to leave the constitution-making process. You went back to the Madhesh and then began a strike, which suddenly turned violent. Yet you denied (and you will still deny)  that there was any violence. Both the executive, which includes the mainstream parties, and the protesters promoted violence in the districts of Terai. And you did not step back to involve yourself in making the constitution. By doing so, you have denied and dishonoured the votes of people who had elected you. You have missed the opportunity of a lifetime.

Those of you belonging to the three parties (Nepali Congress, CPN-UML and UCPN-Maoists) seemed adamant in drafting constitution, which was good to see. But it came at the cost of almost 50 lives in the Terai. You should have worked out the ways to include the leaders from Madhesh. The drafting of this constitution was not easy – it was more difficult than climbing the Everest, I understand. But if a larger number of citizens had accepted, it would have been more meaningful.

Finally, I would like to thank you on the behalf of all Nepalese for showing us a way out into the path of development. I believe that with the promulgation of this constitution, Nepal with take a leap into the path of prosperity. The infrastructures damaged by the recent earthquake will be reconstructed and new infrastructures will be established in all the corners of the country. I congratulate you all again and pray to Lord Pashupatinath (I don’t think I have offended anyone, have I? The country has been declared secular!) that we all remain safe and sound.

Ankit Dhakal “Sandeept”on behalf of all peace loving Nepalese

(P.S. I have also written an article on that earthquake of Baishakh 12 (April 25). You can click here to read it. You might find it useful.)

Page 2 of 2

Powered by WordPress & Theme by Anders Norén

Join the Newsletter!

Sign up to receive awesome content in your inbox.

We don’t spam! Read our privacy policy for more info.